लोकदोहोरीगीत प्रतिष्ठान कास्कीले नव प्रतिभाको पहिचान गर्ने

हेमजा, २० साउन/राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कास्कीले आगामी शनिवार पोखरा उपमहानगर पालिका वडा नं २९ सभाहलमा गाँउ गाँउमा लोक दोहोरी गित प्रतिष्ठान गठन एवं नवप्रतिभाको खोजी अभियान कार्यक्रम हुने भएको छ ।

गाँउ गाँउमा नव प्रतिभाहरुको प्रतिभा प्रस्फुटन गराउने, गित संगीत तर्फ लाग्न चाहने नवप्रतिभाहरुका लागि उनीहरुको क्षमता पहिचान गर्र्दे उचि मञ्च प्रदान गर्नका लागि प्रतिष्ठान कास्कीले उक्त कदम चाल्न लागेको प्रतिष्ठान कास्कीका अध्यक्ष प्रेमराज अधिकारीले जानकारी दिए ।

हेमजा स्थित आमा समुह, विद्यालका विद्यार्थीहरु नव प्रतिभा एवं स्थापित कलाकारहरुबाट विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हुदाँ उक्त कार्यक्रममा उपस्थितिको लागि प्रतिष्ठानका सदस्य तथा सञ्चार विभाग प्रमुख परशुराम अधिकारीले अनुरोध गरे ।

कमेन्टहरु
Loading...