बिमलालाई मिस एण्ड मिसेस् फिटनेसको उपाधी

पोखरा, १२ असोज / पोखरामा सम्पन्न तेस्रो संस्करणको मिस एण्ड मिसेस फिटनेसको ताज पोखराकी बिमला शेरचनले जितेकी छन् ।

सेप अप जुम्बाको आयोजनामा पोखरा ग्राण्डमा शुक्रबार स्म्पन्न ग्राण्ड फिनालेबाट देशभरका १२ प्रतिष्पर्धीलाई पछि पार्दै शेरचनले ताज पहिरिएकी हुन् ।

उनले उपाधिसँगै उनले बिदेश भ्रमणको अवसर सँगै आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन भने फस्ट रनरअप बनेकी सबिना पुन पुरस्कृत बनिन ।

प्रतियोगिताबाट लक्ष्मी गुरुङ सेकेन्ड रनर अप को हकदार बनिन । त्यस्तै भ्युअर्स च्वाइसको उपाधि सन्तोषी कुँवरले जितिन् ।

प्रतियोगितामा पम्फा गुरुङ, कौशल्या गुरुङ, निलिमा हिराचन, प्रतिमा गुरुङ, बिश्व ज्योति गुरुङ र आशिष पुरीले निर्णायक भुमिका निर्वाह गरेको सेप अप जुम्बाका प्रबन्धक निर्देशक रितु थापामगरले बताईन ।

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बिजेता तथा उपबिजेताहरुलाई पुरस्कार बितरण गरेका थिए । सो अवसरमा बोल्दै शौन्दर्य प्रतियोगिताले महिला जागरणमा भुमिका खेल्ने बताए ।

उनले सो प्रकारको प्रतियोगिता निरन्तर हुन आवश्यक रहेको बताउदै महिला सशक्तिकरणलो लागि महत्वपूर्ण हुने समेत बताएका थिए ।

कमेन्टहरु
Loading...