गजल प्रतिभा पुरस्कार स्याङ्जाका जीवनपानीलाई

पोखरा, १३ भदौ/गजल प्रतिभा पुरस्कार–२०७५ गजलकार जीवनपानीलाई प्रदान गरिने भएको छ । गजल

सन्ध्या पोखराले प्रदान गर्दै आएको पुरस्कार स्याङ्जाका गजलकार जीवनपानीलाई अर्पण गर्ने निर्णय भएको हो

। गजलकार प्रकट पगेनी ‘शिव’को संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले २ दशकदेखि नेपाली गजलको

उन्नयन र विकासमा पु¥याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । स्याङ्जामा

जन्मेर गजलकर्ममा निरन्तर लागिरहेका जीवनपानीका ५ गजल संग्रह प्रकाशित छन् ।

पश्चिमाञ्चल क्षेत्रमा जन्म वा कर्म गरिरहेका गजलकारलाई प्रदान गरिने पुरस्कारलाई देश संघीयतामा गएसँगै

प्रादेशिक ढाँचामा ढालिएको छ । अब गण्डकी प्रदेशमा जन्मेका वा कर्म गरिरहेका र संग्रह प्रकाशित गरेका

गजलकार पुरस्कारको दाबेदार हुनेछन् ।

‘संघीयतासँगै पुरस्कारलाई पनि प्रादेशिक बनाउने सन्ध्याको निर्णय छ,’ छनोट समितिका संयोजक पगेनीले

भने, ‘गण्डकी प्रदेशमा जन्म वा कर्म गरिरहेका गजलकारको साधन, व्यक्तित्व र कृतित्वका आधारमा यसपाली

जीवनपानीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेका हौं ।’

सन्ध्याका सल्लाहकार पगेनीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिमा रुपिन्द्र प्रभावी, मन क्षेत्री

सदस्य छन् भने सन्ध्याका अध्यक्ष अमृत सुवेदी र सचिव वसन्त विनोद पदेन सदस्य छन् । मोति जयन्तीका

अवसरमा भदौ २३ गते १५ हजार रुपैयाँ र सम्मानपत्रले जीवनपानीलाई पुरस्कार अर्पण गरिने सन्ध्याले

जनाएको छ ।

जीवनपानीले २०५९ सालमा पहिलो गजल संग्रह जीवनपानीका फोहराहरु प्रकाशित गरेका थिए । उनका

जीवनपानीका सुस्केराहरु २०६१, जीवनपानीका तरंगहरु २०६३, ऋतु थरिथरीका २०६५ र पानीमुनीका आकास

२०६९ गजल संग्रह प्रकाशित छन् ।

कथा लेखनबाट साहित्य क्षेत्रमा प्रवेश गरेका जीवनपानीले गजल, मुक्तक, कविता लेखनमा क्रियाशील छन् ।

एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङले आफ्ना बुबाको स्मृतिमा सन्ध्याले प्रदान गर्ने पुरस्कारका

लागि स्थापना गरेको १ लाख रुपैयाँको अक्षयकोषको ब्याजबाट यसपटक जीवनपानीलाई प्रतिभा सम्मान प्रदान

गर्न लागिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।

प्रत्येक वर्ष मोति जयन्तीका अवसरमा पुरस्कार यसपटकदेखि सन्ध्याले प्रत्येक दुई वर्षमा प्रदान लागेको हो । २

हजार २ सय रुपैयाँ र सम्मानपत्रले पुरस्कृत गरिँदै आइएकोमा अक्षयकोष स्थापनासँगै पुरस्कारको राशी

बढाइएको हो । सन्ध्याले एक वर्ष गजल प्रतिभा पुरस्कार र अर्को वर्ष गजल प्रतिभा सम्मान अर्पण गर्ने गरी

कार्यविधि तयार पारेको कार्यविधि निर्माण संयोजक तथा स्रष्टा छनोट समितिका सदस्य रुपिन्द्रले जानकारी

दिए । सम्मानका लागि साहित्यकार ढाका थापाले २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । अर्को वर्ष

अक्षयकोषबाट देशभरिबाट गजलको उन्नयनमा निरन्तर लागिरहेका व्यक्तिलाई सम्मान अर्पण गरिने

सन्ध्याका पूर्व अध्यक्ष तथा प्रतिभा छनोट समिति सदस्य मन क्षेत्रीले जानकारी दिए ।

यसअघि गजल प्रतिभा पुरस्कारबाट रुपक वनवासी, इन्द्रकुमार विकल्प, गोविन्दराज विनोदी, कमल पौडेल

‘अथक’, दीपक समीप, आरके अदीप्त गिरी र बाबु त्रिपाठी, कपिल शर्मा पुरस्कृत भइसकेका छन् ।

कमेन्टहरु
Loading...