गिती एल्वम “जय मायाप्रेम” बजारमा

पोखरा, ४ चैत /वी स्टार नेपालको प्रस्तुतिमा बनेको गिती एल्वम “जय मायाप्रेम” वजारमा आएको छ । पोखरामा आयोजित एक समारोहमा एल्बमको नेपाल संगीत नाट्य एकेडेमीका कुलपति सरुभक्त, प्राज्ञ हरिदेवी कोइराला र गायिका बाबा राणा बज्राचार्यले संयुक्त रुपमा विमोचन गरेका हुन । एल्वमका भिडियो सहितका ४ गित रहेका छन ।

४ वटै गितको रचना युवा व्यवसायि अर्जुन रत्न भिकारिले गरेका हुन । गितमा संगितकार चेतन सापकोटा संगित भरेका छन भने नारायण धितालको श्वर रहेको छ । एल्वमको निर्मातामा भिकारि, सापकोटा र धिताल तिन जना रहेका छन भने एरेन्ज माहाराज थापाले गरेका हुन ।

मरे भने दिनु है दाउरा उपहार……….., जरुवाको पानी साहै मिठो……….., बिहे गरी लाने हो ………..र चिसो चिसो मन्द मन्द बतासमा ……….. गरी एल्वममा ४ गित रहेका छन ।

गितकार एंव निर्माता अर्जुन रत्न भिकारिका अनुसार करिव दुई साता लगाएर एल्बमको देशका विभिन्न रमणीय स्थलहरुमा छायाङकन गरिएको जानकारि दिए । कास्की सगै पर्वतको भुकु देउराली, जोम्सोम, मुस्ताङमा रहेको लेतेको टिटि लेक, कागवेनी, मुक्तिनाथ, उपल्लो मुस्ताङको छुसाङ र काठमाण्डौको गोदावरीमा छायाङकन गरिएकोे भिकारिले जानकारि दिए ।

निकेश खड्का र युवराज वाईवाको निर्देशनमा वनेको एल्वममा नायिका प्रियका कार्की, जेनिशा हमाल, सुष्मा अधिकारी, सेनु घर्ती, अर्जुन रत्न भिकारि, चेतन सापकोटा, नारायण धिताल, मोहन चन्द्र पराजुली, रामराज अधिकारि लगायतका करिब २० जना कलाकारको अभिनय रहेको छ ।

समाजमा जनचेतना सगै विभिन्न सन्देश दिन खोजिएको एल्बम निमार्णमा ३० लाख खर्च लागेको र नेपालको परिबेशमा यो सवैभन्दा धेरै लगानिमा निमार्ण भएको एल्बम रहेको दावि भिकारीको थियो ।

आफुहरुले एल्बमलाई उत्कृष्ठ बनाउनका लागि धेरै मेहनत गरेको, राम्रा कलाकार, मनोरम स्थलमा गएर छायांकन लगायतका कारण निमार्णमा धेरै खर्च भएको भिकारीको भनाई थियो । २६ वर्षदेखि वेल्जियम बस्दैआएका पोखरा २ विन्ध्यवासिनीका भिकारीले सानैदेखिको संगीतप्रतिको लगाव रहेको र आफ्नो सपना एल्बम निस्केसँगै पूरा भएको बताउदै एल्बमलाई दर्शक तथा श्रोताहरुले रुचाइदिनेमा आफु आशावादी रहेको उनको भनाई थियो ।

संगीतकार सापकोटाले रचना र स्वरले आपूmलाई न्याय गरेको बताए भने गायक धितालले विदेशमा रहँदा अर्जुनको गीत रचनाबारे थाहा पाएको र अहिले दर्शक तथा स्रोतामाझ आउन सफल भएको बताए ।

कमेन्टहरु
Loading...