‘जान्छु नेपाल जान्छु’ भन्दै अष्ट्रेलियाका दीपक थापा

पोखरा, २७ फागुन / नेपाली युवाहरु विदेश किन जान्छन् ? पक्कै पनि धन कमाउन । आफ्नो गर्जो टार्न र सुखी जीवन बनाउन ।

तर, सोँचेजस्तो सबैलाई हुँदैन । सुखको खोजीमा विदेश जान्छन् र झन् बढि दुखको खाडलमा फँस्छन् । पीडा आफ्नो देश रहँदा भन्दा विरानो देशमा झन् बढि हुन्छ । केहि आपत् आईलाग्यो भने साथ दिने कोही हुन्नन् ।

शायद विदेश बस्नेहरुलाई यस्तो पीडा अझै बढि हुन्छ । उनीहरुले नजिकबाट यस्ता समस्या भोगिरहेका हुन्छन् । पैसा कमाउने सपना साँचेर विदेश पुगेका युवा ज्यान फालेर काम गर्न बाध्य हुन्छन् ।

लोकगायक दीपक थापा पनि विदेशी भुमीमै छन् । अष्ट्रेलियामा रहेर सँघर्ष गरिरहँदा उनलाई कतिपटक लाग्छ, ‘अब नेपालमै जान्छु’ । त्यसैले उनले आफ्नो दुखको वह गीतमार्फत पोखेका छन् ।

‘सुख खोज्न विदेशमा पसियो, झन् दुखको खाडलमा फँसियो
जान्छु नेपाल जान्छु
देशकै लागि मर्छु, देशमै केही गर्छु
सुख शयल चाहिँदैन, बरु एकछाक खान्छु’

परदेशीनुको र परदेशी भैसकेपछिको तितो अनुभवलाई उनले गीतमार्फत पोख्दै नेपालमै केही गर्न सुझाएका पनि छन् । गायनमा उनलाई गायिका शान्ति श्री परियारले साथ दिएकी छन् । बिष्णु न्यौपानेको शब्दमा सागर विरहीले संगीत दिएका हुन् । नेप्को इन्टरटेनमेन्ट प्रालिले यसको डिजिटल बजार व्यवस्थापनको जिम्मा लिएको छ ।

यो गीतको म्यूजिक भिडियो समेत तयार भैसकेको छ । म्यूजिक भिडियोमा मोडल विमल अधिकारी, रन्जिता गुरुङ, जीतसागर रावत र आयुष्मा कार्की फिचर्ड छन् । सुरेश श्रेष्ठले खिचेको भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुमा’ले निर्देशन गरेका हुन् ।

कमेन्टहरु
Loading...