तायमचा नृत्य प्रतियोगितामा राधाकृष्ण मन्दिर तायमचा समिति विजयी

पोखरा, १७ भदौ / नेवाः खल कास्कीको आह्वानमा तथा तेर्सापट्टी तायमचा ना समितिको आयोजनामा भएको

तायमचा नृत्य प्रतियोगितामा राधाकृष्ण मन्दिर, तायमचा समिति, कुँडहर बिजयी भएको छ । विजयी टोलीले

नगद ३० हजार सहित बिभिन्न पुरस्कार जितेको छ । यस्तै भिमसेन टोल तायमचा समिति दोस्रो भयो । उसले

नगद रु २० हजार सहित पुरस्कार प्राप्त गर्यो । प्रतियोगितामा तृतिय हुने महेन्द्रपुल तायमचा समितीले १०

हजार सहित गिफ्ट ह्याम्पर प्राप्त गर्यो भने सान्तन्वा स्थानमा रहेको गैह्रापाटन तायमचा समितीले नगद रु ५

हजार पुरस्कार पाए ।

यस पटक तायमचा नृत्यमा महिलाहरु मात्रै सम्मिलित टोलीले पनि भाग लिएका थिए । जसमा बाघबजार

तायमचा समितीको टोली उत्कृष्ट हुँदै नगद रु १५ हजार, प्रमाण पत्र र गिफ्ट ह्याम्पर प्राप्त गरे । उत्कृष्ठ

परीको बिधागत पुरस्कार तायमचा समिति, भिमसेन टोलले हात पार्यो, तायमचा समिति, नयाँबजारले उत्कृष्ठ

वाद्यवादक, राधाकृष्ण मन्दीर,तायमचा समिति, कुँडहरले उत्कृष्ठ जोकर र वालगोपाल तायमचा समिति,

गौडाकोमुखले उत्कृष्ठ ख्यालीको बिधागत पुरस्कारका रुपमा नगद रु २ हजार प्राप्त गरे । प्रतियोगितामा पोखरा

महानगरपालिकाको बिभिन्न टोलका २९ टोलीको सहभागिता रहेको थियो ।

विजयी टोलीलाई नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखे, महोत्सव संयोजक विक्रम उदास, तेर्सापट्टी

तायमचा नाच समितीका अध्यक्ष श्री कृष्ण कतिला, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३का अध्यक्ष

रबिन्द्र बहादुर प्रजु, मुख्य प्रायोजक सेलवेज डिपार्टमेन्टल स्टोर्सका सुशिल प्रधानाङ्ग लगायतले पुरस्कार प्रदान

गरेका थिए । प्रतियोगिताको निर्णायकहरुमा बागबजार कचा खलका अध्यक्ष सुविन्द्र श्रेष्ठ, युवा व्यवसायी,

सुशिल प्रधानाङ्ग, तेर्सापट्टी ल्याम्ह पुचका अध्यक्ष मनिष सुवाल रहेका थिए । गाइजात्रा महोत्सव अन्तर्गत

पहिलो दिन पोखराको लक्ष्य व्याण्ड र स्थानिय व्याण्डहरुले सांगीतिक प्रस्तुती दिएका थिए भने नेवारी नाच

तथा अन्य जनजातीका नृत्य प्रस्तुत गरिएको थियो । महोत्सवमा नेवारी मौलिक खानाका स्टलहरु मा पनि

मानिसहरुको घुइचो लागेको थियो । कार्यक्रमको अन्य आयोजकहरु तेर्सापट्टि मिसा पुच, तेर्सापट्टि ल्याम्ह पुचर

तेर्सापट्टि कचा खल थिए ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कला, संस्कृति र

भाषानै हाम्रो पहिचान भएको स्मरण गराउदै यसको संरक्षणमा सबै लाग्नुपर्ने कुरामा जोड दिएका थिए । नेवाः

खल कास्कीको रजत वर्षको सन्दर्भमा आयोजित कार्यक्रमको उद्घाटन २५ वटा ट्वारेवा बालेर गरिएको थियो ।

शुभारम्भ समारोहमा पोखरा महानगरपालिका वडा नम्बर ३ अध्यक्ष रबिन्द्रबहादुर प्रजु, वडा नम्बर ४का अध्यक्ष

शंकर बास्तोला, नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे, कार्यक्रम संयोजक बिक्रम उदास लगायतले

बोलेका थिए । तायमचा गाइजात्रा नाच समितीका अध्यक्ष श्रीकृष्ण कतिलाको अध्यक्षतामा भएको कार्यक्रमको

सञ्चालन सञ्चारकर्मी सञ्जय मल्ल, मिस नेवा अंशु शाक्य र रोजिना श्रेष्ठले गरेका थिए ।

कमेन्टहरु
Loading...