शुक्रबारबाट पोखरामा नाटक ‘उ मरेकी छैन’ मञ्चन हुने

पोखरा २ मंसिर/ न्यारेटरले पोखरामा आफ्नो पहिलो प्रस्तुतीको रुपमा नाटक ‘उ मरेकी छैन’ मञ्चन गर्दैछ । यो नाटक मञ्चनको सम्पुर्ण तयारी पुरा भएको न्यारेटर समुहका रेवन राई जानकारी दिए ।

पौष ४ गते शुक्रबार दिउँसो साढे ४ बजेबाट पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन हुने यो नाटक नाट्य सम्राट बालकृष्ण समले लेखेको नाटक हो । नाटकको परिकल्पना र निर्देशन चे शंकरले गर्दैछन् । नाटकमा लोपोन्मुख मारुनी नृत्य, लोक शैलीको भजन तथा लोक गीत समावेश गरिएको छ । १ घण्टा १० मिनेट अवधिको यो नाटकले दर्शकको माया पाउनेमा निर्देशक तथा परिकल्पनाकार चे शंकर विश्वस्त छन् । यो धार्मिक नाटक हो ।

पहिलोपटक सन् २०१२ बाट’ नाटक लेखन तथा निर्देशनमा सक्रिय बनेका चे शंकरले हालसम्म एक दर्जन बढी नाटक दिर्नेशन गरिसके । उनी नाटक लेखन, निर्देशन तथा प्रशिक्षणमा क्रियाशिल छन् । यसअघि चे शंकरको निर्देशनमा पोखरामा तिर्खा नाटक मञ्चन भएको थियो ।

नाटकमा रोसन ज्ञवाली, सन्दिप पाण्डे, ज्योती हमाल, विष्णु राज तिमिल्सिना, टिकाराम पौडेल, अनुप अधिकारी, श्रृष्टि केसी, सविता सापकोटा, उज्वलराज ढकाल, विनोद रसायली, गौरव पौडेल, दिलकुमारी लक्ष्मी हमालले अभिनय गर्दैछन् । नाटकमा सह–निर्देशनको जिम्मा रेवन राईले निभाएका छन् ।

नाटक पोखरा थिएटरको गन्र्धव नाटकघरमा पौष १४ गतेसम्म मञ्चन हुनेछ । नाटक हरेक दिन दिउँसो सवा ४ बजे तथा शनिबार अतिरिक्त सो दिउँसो १ बजे समेत मञ्चन गरिने सह–निर्देशक रेवन राईले जनाए । आफुहरुको पहिलो प्रयासमा नाटक मञ्चन गर्न लागेकोले नाटक हेरेर प्रतिक्रिया दिनको लागि उनले सबैमा अनुरोध गरेका छन् ।

कमेन्टहरु
Loading...