हिमेश पन्तलाई ‘कमेडी च्याम्पियन’ को उपाधि

पोखरा, १ चैत / नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले जीतेका छन् ।

शनिबार भएको फाइनलमा अन्य दुई जनालाई पछि पार्दै पन्तले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन् ।

फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए । एसएमएस भोटिङको आधारमा पन्न विजयी भएका हुन् । उनले २५ लाख नगद र कार प्राप्त गरेका छन् ।

विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलमा पुगेका थिए । तीनै जनाले विश्व भ्रर्मणको समेत अवसर पाउने छन् ।

कमेन्टहरु
Loading...