विग आइकनको ग्राण्ड फिनालेमा चार जना प्रतिस्पर्धी

पोखरा, १ फागुन/छैठौँ विग आइकनको उत्कृष्ट चारमा परेका चारैजना प्रतिस्पर्धीले फाईनल प्रवेश पाएका छन् । तीन जना प्रतिस्पर्धीले मात्रै ग्राण्ड फिनालेमा ‘ईन्ट्रि’ पाउने भनिएपनि निर्णायक मण्डलले चारै जना त्यसका लागि उपयुक्त भएको भन्दै यस्तो निर्णय लिएको हो ।

‘सबै प्रतिस्पर्धी एउटै लेभलका छन् । स्रोताहरुको मत अनुसार पनि उनीहरु सबै बराबर जस्तै छन् । त्यसैले निर्णायक मण्डलले यस्तो निर्णय गरेको हो ।’ निर्णायक मध्येका एक सुनील थापाले जानकारी भने–‘ग्राण्ड फिनालेका लागि यो पटक चारै जना प्रतिस्पर्धी भिड्नेछन् ।’अघिल्लो सँस्करणमा पनि निर्णायक मण्डलले चार जना प्रतिस्पर्धीलाई नै ग्राण्ड फिनाले प्रवेश गराएको थियो । विग आईकनको यो सँस्करणमा श्यामसुङ तामाङ, कर्ण दास, विवेक श्रेष्ठ, सुनील थापा र विनोद बाँनिया निर्णायकको रुपमा रहेका छन् ।

शनिबार फाईनलिस्ट छनौट राउण्डको अडिसनमा गजलकार शितल गिरी, गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाल, सिटि डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, पर्यटन उद्यमी गोविन्द पहारी लगाएतले प्रतिस्पर्धीलाई सफलताको शुभकामना दिएका थिए । साथै विग एफएमले छैठौँ सँस्करणसम्म आईपुग्दा संगीत क्षेत्रलाई धेरै योगदान दिएको भन्दै आयोजकको प्रशंसा गरेका थिए ।

छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् । चार जना प्रतिस्पर्धी ग्राण्ड फिनालेमा भएकोले चौथो स्थानमा रहने प्रतिस्पर्धीलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिने एफएमले जनाएको छ ।

कमेन्टहरु
Loading...