बुधबार (आज) औरा बारमा म्युजिकको रिभोलुसन

पोखरा, ८ साउन /चर्चित सांगीतिक ब्याण्ड रबिन एण्ड द न्यु रिभोलुसनले आज पोखरा लेकसाइड, अम्बोटमा रहेको औरा बार एण्ड लाउन्जमा संगितको रिभोलुसन देखाउने भएको छ ।

लामो समयपछि नयाँ एल्बम मुग्लान ल्याएको ब्याण्डले एल्बमको लन्च पनि औरा बार बाटै गर्ने भएको छ ।

साँझ ७ बजेबाट सुरुहुने बिशेष सांगीतिक लाइभ ब्याण्ड अबेर राती सम्म चल्ने छ भने त्यस पश्चात चर्चित डीजे रुकेन श्रेष्ठले डीजे जादु देखाउने छन् ।

गत बैशाखबाट संचालित औरा बार एण्ड लाउन्जले रास्ट्रिय एबम अन्तराष्ट्रिय कलाकार बोलायर विभिन्न कार्यक्रम गर्दै आएको छ ।

पोखराको एकमात्र एचडी सहितको साउण्ड प्रुफ बार औराले आगामी दिनमापनि अन्य नया किसिमका सांगीतिक कार्यक्रम ल्याउने जनाएको छ ।

कमेन्टहरु
Loading...