अमेरिकन आइडलमा दिवेशले निर्णायक रुवाए (भिडियो)

एजेन्सी/ अमेरिकन आइडलको १८ औं संस्करणमा छनौट भएदेखि नै नेपाली मूलका दिवेश पोखरेलको चर्चा कमाएका छन् ।

नेपालमा मात्रै नभई अमेरिकन आइडलको स्टेजमा पनि उनी निकै चर्चित छन् । स्टेजमा आर्थर गनको रुपमा परिचित दिवेशले अडिसनबाटै निर्णायकको लगातार मन जितिरहेका छन् ।

गत हप्ताको दिवेशको प्रस्तुतीमा तीनै जना निर्णायकले उठेर ‘वान्स मोर’ भनेका थिए भने सोमबार राती प्रसारण भएको अमेरिकन आइडलमा उनको नयाँ प्रस्तुतीमा निर्णायक लियोनेल रिचीको आँखा रसाए ।

उनले यही गीत मिलाउकीमा भएको अडिशनमा समेत गाएका थिए । अब आफू निकै अघि आइसकेकोले यसमा आफ्नो सिर्जनशीलता पनि मिसाएको उनले बताए ।

कमेन्टहरु
Loading...