खुल्ला एलिजा डान्स एण्ड सिङ्गीङ स्टारमा २० जना सेमिफाईनलमा

पोखरा, १४ असोज/एलिजा फिल्मस् नेपालद्धार सञ्चालित पोखरा नाच घरको आयोजना शनिबार पोखरामा भएको खुल्ला एलिजा डान्स एण्ड सिङ्गीङ स्टार २०७० का प्रि क्वाटर राउण्डमा २० जना छनोट भएका छन् । प्रतियोगितामा डान्स तर्फ १० जना र सिंङ्गीङ तर्फ १० जना छनोट भएको आयोजनकले जनाएको छ ।प्रतियोगितामा कास्की सगै छिमिकी जिल्लाहरुबाट पनि सहभागिता जनाएको एलिजा फिल्मस् प्रालिका प्रवन्ध निर्देशक जिवन सुनारले जानकारी दिए। असोज १९ गते सेमिफाईन राउण्ड डि भिलेज रेष्टुरेण्टमा हुने उनले जानकारी दिए । सेमिफाईन राउण्डमा टप सिक्स छानिने छ । प्रतियोगितामा गायन तर्फ योगश काजी नवराज बराल भने डान्स तर्फ गोरे गुरुङ, प्रिति गुरुङ नानी निर्णायकमा रहेका थिए ।

प्रतियोगितामा अनुशिलन कला पाठशालाका संस्थापक गोरे गुरुङले डान्स तर्फ फस्ट रनर अफलाई नगद १५ हजार दिने घोषण गरेका छन् । यसैगरि प्रतियोगितमा अन्य संघ संस्थाले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको आयोजकले जनाएको छ । कलाकारलाई पाएक पर्ने ठाउहरुमा अडिसन राउण्ड गरेर कात्तिक ९ गते पोखरा सभागृह हलमा फाईनलको साथै विविध साँस्कृतिक कार्यक्रमको तय गरिएको आयोजकले जनाएको छ ।

कलाकारिता क्षेत्रका कमिकमजोरी तथा समास्याहरुलाई हटाई नया सोच र जोसका सथा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिको हो । प्रतियोगितामा डान्स स्टार र सिङ्गिङ स्टारले नगद ५१÷५१ हजारका साथै अन्य अवसर पनि दिईने आयोजकले जनाएको छ । त्यसैगरि सिङ्गिङ तर्फ टप सिक्समा पर्नेहरुको कलेक्सन एल्वम समेत निकाल्ने आयोजकले जनाएको छ । साथै डान्स र सिङ्गिङमा टप सिक्समा पर्ने कलाकारहरुलाई काठमाण्डौ लगाएतका अन्य शहरमा लगेर साँस्कृति कार्यक्रम गर्ने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...