‘अग्निदहन’को विशेष प्रदर्शन

पोखरा, २० साउन/ गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले चलचित्र अग्निदहनले समाजको यर्थाथ चित्र उतारेको बताएका छन् । शनिबार पोखरामा गरिएको विशेष प्रदर्शनीेपछि उनले चलचित्र अग्नि दहन नेपाली चलचित्रमध्ये उत्कृष्ट चलचित्र भएको दाबी गरेका हुन् ।

चलचित्रका निर्माता कोबितशरण उपाध्यायले फिल्म नाफा कमाउन नभई समाजमा जनचेतना जगाउन निमार्ण गरेको बताए । १५ वर्ष भित्रमा नेपालबाट बोक्सी प्रथा उन्मुलन गर्ने लक्ष्य रहेको उनले सुनाए ।

समाजिक अन्धविश्वास, बोक्सी प्रथामा आधारित ‘अग्निदहन’ २०७४ को ‘उत्कृष्ट चलचित्र अर्वाड’ जित्न सफल चलचित्र हो । चलचित्र अग्निदहन विशेष प्रदर्शनी हेर्न गण्डकी प्रदेशका अधिकांश सांसद, पोखरा महानगर कि उपमेयर मञ्जुदेवी गुरुङ, एसपी ओम राना लगायतका व्यक्तिको उपस्थिति थियो ।

कमेन्टहरु
Loading...