चितवन–३ को प्रतिनिधिसभा निर्वाचनलाई अहिले विशेष चासोका साथ हेरिएको छ । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री एवं हाल वन तथा भूसंरक्षणमन्त्री रहेका विक्रम पाण्डेको उम्मेदवारीका कारण पनि चितवन–३ लाई विशेष चासोका साथ हेरिएको हो ।दाहालले वाम गठबन्धन उम्मेदवारका रूपमा सो क्षेत्रबाट उम्मेदवारी दिएका हुन् । चितवनबाट दाहाल पहिलोपटक उठेका हुन् । उनले आफ्नो गृह जिल्लाका अलावा सुरक्षित क्षेत्र भन्दै चितवन–३ बाट उम्मेदवारी दिएका हुन् ।पाण्डे भने दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । यसपटक उनले नेपाली कांग्रेसको समर्थनमा सो क्षेत्रबाट उम्मेदवारी दिएका हुन् ।
प्रतिनिधिसभाको निर्वाचनमा ‘हेभी वेट’ उम्मेदवार दाहाल र पाण्डे दुवैले एकअर्काको भोटमा भर पर्नुपर्ने अवस्था छ । पाण्डे संविधानसभाको दोस्रो निर्वाचनमा चितवन–५ बाट विजयी भएका थिए । त्यतिबेला यो क्षेत्रमा परेका ठाउँहरू अहिले ३ नम्बरमा पर्छन् ।
दुवै जना ‘हेभी वेट’ उम्मेदवार भएका कारण सबैको चासो यस क्षेत्रमा छ । दाहालले चितवन–३ का जनताले आफूलाई जिताउने र आफूले नै देशकै नेतृत्व गर्नेसमेत बताउँदै आएका छन् । चितवनको नेतृत्व राष्ट्रको नेतृत्व सोचेर चितवन–३ बाट उम्मेदवारी दिएको बताउँदै दाहालले आफूलाई यहाँका जनताले जिताएर देशकै नेतृत्व गर्न पठाउने विश्वास व्यक्त गर्दै आएका छन् ।
- मेस्सीको मुर्ति अज्ञात समुहद्वारा फेरि तोडफोड , यसरी लड्यो भुइँमा
- हिमाली क्षेत्रमा हिमपातको सम्भावना, पर्वतारोहीलाई सतर्क रहन आग्रह
- भिसाका एकरुपता ल्यान नेपाललाई अमेरिकाको प्रस्ताव
- जितको दोस्रो दौडमा खगराज र यज्ञबहादुर
- अभूतपूर्व एकता नै काँग्रेसको विजयको आधार
- गठबन्धनलाई भोट दिनुको विकल्प छैन-पृथ्वीसुव्वा गुरुङ
- कक्षा ११ को आंशिकतर्फको नतिजा सार्वजनिक, नियमित पछि
- काठमाडौंमा बम विस्फोट, गगन थापासहित ११ घाइते