मेस्सीको मुर्ति अज्ञात समुहद्वारा फेरि तोडफोड , यसरी लड्यो भुइँमा

मङ्सिर १९ ,

विश्व फुटबलका स्टार लियोनल मेस्सीको प्रतिमा फेरी तोडफोड भएको छ। अर्जेन्टिनाको राजधानी ब्युनेस एयरसमा रहेको काँसले बनेको मेस्सीको प्रतिमा केही व्यक्तिले तोडफोड गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

 

गएको वर्षको जुनमा अनावरण गरिएको मेस्सीको प्रतिमा योसहित दुईपटक तोडफोड भएको हो। मेस्सीको प्रतिमाको मूख्य भाग भुइँमा लडेको छ। यसअघि पनि मेस्सीको प्रतिमामा तोडफोड भएको थियो।

कमेन्टहरु
Loading...