गठबन्धनलाई भोट दिनुको विकल्प छैन-पृथ्वीसुव्वा गुरुङ

पोखरा, १८ मंसिर /नेकपा एमालेका केन्द्रिय सचिव पृथ्वीसुव्वा गुरुङले नेपाली जनताले आगामी २१ गतेको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारलाई भोट दिनुको विकल्प नभएको दावी गरेका छन् । बाम गठबन्धनले सोमवार हेमजाको मिलनचोकमा गरेको सभालाई सम्बोधन गर्दै केन्द्रीय सचिव गुरुङले सो बताएका हुन् ।

सचिव गुरुङले अधिकारीमुखी आन्दोलन सकिएको भन्दै अवको आन्दोलन विकास र समृद्घि तर्फको हुनुपर्नेमा जोड दिए ।
प्रतिनिधिसभाका उम्मेदवार जगत विश्वकर्माले कास्कीका ९ वटै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारले जित्ने दावी गर्दै त्यसलाई गत स्थानिय तहको निर्वाचनको मत परिणमले प्रष्ठाएको जनाए । उम्मेदवार विश्वकर्माले हेमजावासी सधै परिवर्तनको पक्षमा उभिएको पनि बताए ।

उनले देश विकास गरेर सुखी नेपाली, समृद्घ नेपालको अवधारणलाई सार्थक पार्न बाम गठबन्धनलाई मत दिन आग्रह समेत गरे । हेमजाको विकास निर्माणमा आफुले प्रत्यक्ष भुमिका खेल्ने, कृषिक्षेत्रको विकासमा ध्यान लिने, राजमार्ग व्यवस्थित गर्न पहल गर्ने, सुईखेत खोलाको अतिक्रमणलाई रोक्ने लगायतका विकास निर्माणका योजना पनि उनले सुनाएका थिए ।
प्रदेशसभा ३ क का उम्मेदवार रामजी बराल जीवनले निर्वाचित भएपछि प्रदेशको विकासमा कुनै कसर बाँकी नराखी काम गर्ने प्रतिबद्घता जनाएका थिए ।

उम्मेदवार वरालले आगामि चुनाव मौलिक प्रकारको चुनाव भएकाले मतदाताले आफ्नो मत प्रकट गर्दा गम्भिर रुपमा विचार गरेर देशलाई निकास दिन शक्तिलाई मात्र प्रकट गर्नुपर्ने आवश्यकता पनि औल्याए । समानुपातिक उम्मेदवार सोमनाथ अधिकारी प्यासीले बाम शक्ति मिलेकोमा काँग्रेसले डाँहा गर्न नमिल्ने भन्र्दै बाम गठबन्धनले बहुमत पाउने र काँग्रेसले प्रतिपक्षको भुमिका खेल्ने दिन आउन अव टाढा नभएको जनाए ।

कार्यक्रममा समानुपातिक उम्मेदवार सीता गिरी ओली, पोखरा लेखनाथ महानगर पालिकाका प्रमुख मानबहादुर जिसी लगायतले पनि आ आफ्ना भनाई राखेका थिए । कार्यक्रमका बीच गायक प्रजापति पराजुलीले गठबन्धनको पक्षमा मत दिन गीत मार्फत आग्रह गरे । वाम गठबन्धन कार्यदल हेमजाका सहसंयोजक माधवशरण पौडेलले स्वागत गर्नुभएको सो कार्यक्रम कार्यदल संयोजक धर्मराज बास्तोलाको अध्यक्षतामा कार्यदलका सदस्य देवीप्रसाद अधिकारीले संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...