लायन्स क्लब पोखरा ब्लु स्काईको अध्यक्षमा विन्दु शर्मा निर्वाचित

पोखरा । लायन्स क्लब अफ पोखरा ब्लु स्काईको अध्यक्षमा बिन्दु शर्मा पराजुली र प्रथम उपाध्यक्षमा दिपकराज गिरी निर्वाचित भएका छन् । शनिबार भएको क्लबको निर्वाचनबाट वर्ष २०२४/२५ का लागि बिन्दु अध्यक्षमा र दिपकराज प्रथम उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यसैगरि द्धितिय उपाध्यक्षमा बिरेन्द्र पौडेल, तृतिय उपाध्यक्षमा लोककुमारी क्षेत्री, सचिवमा रामहरी तिवारी, व्यवस्थापकमा रामजी पौडेल, कोषाध्यक्षमा निर्मल पौडेल, सहसचिव तथा रिपोर्टिङ अफिसरमा भावना शर्मा, सहकोषाध्यक्षमा रञ्जु गुरुङ, क्लब मेम्बरसिप तथा उत्सव कार्यक्रम चियरपर्सनमा लालकान्त चापागाई, प्रिन्टिङ एण्ड पब्लिकेसनमा विश्व पौडेल, एलसिआइएफ संयोजकमा राजन सुवेदी, क्लब सर्भिस चियरपर्सनमा सरिता गुरुङ, क्लब मार्केटिङ कम्युनिकेसनमा सोविता सुवेदी, कार्यक्रम योजना संयोजकमा सरिता सिग्देल, पब्लिक रिलेसन तथा कल्चर अफिसरमा बामदेव भण्डारी, मिडिया संयोजकमा राजु गिरी, स्पेसन इभेन्ट कोअर्डिनेटरमा हेमेन्द्र भारती, टिमरमा इश्वरी जिसी, टेल ट्विस्टरमा भरतमणी पराजुली, प्रोजेक्ट चियरपर्सनमा कृष्ण सुवेदी र डिरेक्टरमा लक्ष्मी गुरुङ र रमेश बराल चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि जोन २८ की जोन चियर पर्सन गौरी कुमारी केसीले नव निर्वाचित टिमलाई जिम्मेवारी आएकोले उत्कृष्ट कार्य गर्न शुभकामना दिइन् । साथै सबैले साथ दिएमा मात्र क्लब अगाडी बढ्न सहज हुनेहुँदा सबैलाई सँगसँगै हातेमालो गर्दै कार्य गर्न केसीले सुझाव दिइन् ।

लायन्स क्लब अफ पोखरा ब्लु स्काईका एक्स्टेन्सन चियरपर्सन बिकास भुर्तेलले क्लबले प्रसंशनिय कार्य गरिरहेको हुँदा अरुले समेत यस क्लबबाट सिक्ने खालका कार्य भएको बताए ।

त्यस्तै क्लबका संस्थापक अध्यक्ष युवराज पौडेलले सबै क्षेत्रमा ब्लु स्काईले राम्रो छाप छोडिरहेको र यसलाई अझ उत्कृष्ट बनाउन सबै लाग्नुपर्ने बताए ।

त्यसैगरि क्लबका निवर्तमान अध्यक्ष कमल सुवेदीले क्लबलाई आइपर्ने चुनौतिको सामना गर्दै क्लबलाई उचाईमा पुराउन आग्रह गरे ।

यता नवनिर्वाचित अध्यक्ष विन्दु शर्मा पराजुलीले विभिन्न योजना सार्वजनिक गर्दै क्लबलाई जिल्लामै नमूना क्लबको रुपमा चिनाउने प्रतिवद्धता व्यक्त गरिन् ।

क्लबका अध्यक्ष दिपकराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सचिव बिरेन्द्र पौडेलले गरेका थिए ।

कमेन्टहरु
Loading...