अभूतपूर्व एकता नै काँग्रेसको विजयको आधार 

पोखरा, १८ मंसिर / ‘म आफूलाई मरेको सम्झी लम्पसार थिएँ, एउटा साथीले मलाई चिमट्यो र  भन्यो, ज्या, तिम्रो मासु त अझै मरेको छैन…..यस्तै छ साथी मेरो हाल !  स्थानीय निर्वाचन अगाडि नेपाली काँग्रेसको हालत झण्डै महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित ‘पागल’कविताको जस्तै थियो ।
मास पार्टी काँग्रेसमा संगठन बनाउनुभन्दा नेताहरुको वरपर झुम्मिनेहरु धेरै थिए । जब, कास्कीलगायतका जिल्लाहरुमा काँग्रेसले नराम्रो पराजय ब्यहो¥यो । काँग्रेसीहरु चसक्क घोच्यो,आफ्नै आत्माले आफैलाई चिमोट्यो । हुन त भइगयो । दुःख छिटो भुल्ने नेपाली बानीमा एकाएक वामगठबन्धनले अर्को आँधी ल्यायो । आधीँसँग बग्न जान्नुपर्छ ,त्यसले मान्छेलाई आफै समथर भू–भागमा पु¥याइदिन्छ ।
हो, वामगठबन्धनको यो हौवा काँग्रेसको लागि आँधीसँग खेल्ने अवसर बनेर आएको छ । ‘यतिबेला वामगठबन्धनले काँग्रेसलाई जगाइदिएको छ, लोकतन्त्रमा आस्था राख्नेहरुलाई एकजुट बनाएको छ’,कास्की काँग्रेसका शुभेच्छुक एक प्राध्यापकले भने,‘काँग्रेसमा देखिएको अद्भूत एकता यसको परिणाम हो  ।’
पहिलो चरणको निर्वाचन सम्पन्न भएका  लमजुङलगायतका जिल्लाहरुमा आन्तरिक किचलोले पार्टीले गति लिन सकेको थिएन । । वाम एकतासँगै त्यहाँको पार्टीभित्रको असन्तुष्टी एकाएक बिलायो । सबै असन्तुष्टहरु काँग्रेसभित्रै समाहित भए । त्यतिमात्र होइन, लोकतन्त्रमा विश्वास गर्नेहरुले पनि काँग्रेसको रुखमुनी गोलबन्द भएर लोकतन्त्रको पक्षमा अभिमत जाहेर गरे । ‘लमजुङमा काँग्रेस २०४८ सालतिरकै अवस्थामा पुग्यो’, लमजुङको अवस्थाबारे चित्रित गर्दै पत्रकार मिलन शर्मा दनाईँले भने,‘ मतगणनामा त्यसको परिणाम देखिने नै छ ।’
। काँग्रेस धोका सहन्छ तर घात गर्दैन भन्ने त भरतपुर महानगरपालिकाले देखाएकै थियो । गोर्खामा काँग्रेसले उदारता देखायो । बाबुरामलाई लोकतान्त्रिक धारमा ल्याउन खेलेको भूमिकाले देशैभर वाहवाही पायो । बाग्लुङमा सबै वाम मिलेर बुथ कब्जासम्मको हर्कत देखाउँदा पनि काँग्रेस  विचलित भएको छैन ।  कास्कीलगायत तनहुँ, पर्वत, नवलपरासी, स्याङ्जामा रुख चिन्ह लिएर उम्मेदवार बनेका नेताहरु अन्तिम चुनावी दौडाहामा रहँदा उनीहरुमा गज्जबको उत्साह र आत्मविश्वास देखियो ।
कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधीसभाका उम्मेदवारले पोखरा नगरक्षेत्रको घरदैलोमा भएको कोणसभामा भने, ‘काँग्रेसप्रतिको जनलहर देखेर प्रतिष्पर्धी अत्तालिएकोले खवरदारी गरिहन जरुरी छ ।’ यसैगरी कास्की क्षेत्र नम्बर २ का उम्मेदवार देवराज चालिसलेले घरदैलो क्रममै उद्घोष गरे,‘जनताले काम गर्ने मान्छे खोजेका छन् र काम गर्ने मान्छे काँग्रेससँग मात्र छन् भन्ने जनताले बुझेका छन् ।’वामगठबन्धनका रवीन्द्र अधिकारी देवराजको सक्रियताले यति तर्सिएका छन् कि उनी मतदातालाई प्रलोभन दिन पनि पछि नपरेको सो क्षेत्रका मतदाताहरुले बताएका छन् ।
यता कास्की क्षेत्र नम्बर १ का उम्मेदवार कानूनमन्त्री यज्ञबहादुर थापाले संविधान निर्माण गर्ने काँग्रेसलाई विकास निर्माणको काम गर्ने अवसरको लागि जनतालाई आग्रह गरेका छन् । प्रदेशतर्फका सबै उम्मेदवारहरुले आ–आफ्नो क्षेत्रमा उठेको जनलहरले आफूहरु उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।
‘यतिबेला स्वतन्ता उपभोग गरिरहेका सहरी क्षेत्रका मतदाताहरुले काँग्रेसप्रति असाध्यै चासो देखाएका छन्, युवाहरुमा यो चासो झन बढी रहेको छ’, चुनावी अभियानलाई पर्यवेक्षण गरिरहेका एक पर्यवेक्षकले भने,‘यहाँका स्वतन्त्र मतदाताहरुले काँग्रेसप्रति देखाएको सदासयताले वामगठबन्धन झस्किएको छ ।’ सत्ता र शक्तिको प्रयोग तथा लोभ लालच देखाउने मामलामा काँग्रेसभन्दा वामपन्थीहरु अगाडि भएको निष्कर्ष सुनाउँदै उनले भने,‘मौन अवधीमा आफ्नो समर्थन खल्बल्याउने गतिविधीप्रति सचेत हुने हो भने काँग्रेसले कास्कीमा नसोचेको परिणाम ल्याउँछ ।’
कमेन्टहरु
Loading...