‘तिमी नभएको’ छायाँकन सकियो

पोखरा, ६ बैशाख /गुरुङ सँस्कारमा आधारित नेपाली फिल्म ‘तिमी नभए’को छायाँकन सकिएको छ । हंग्री आई फिल्म प्रोडक्शनको ब्यानरमा बनेको यो फिल्म पोखरा आसपास र पर्वतमा सुटिङ भएको निर्माण कम्पनीले जनाएको छ । फिल्मलाई नौजंग गुरुङले निर्देशन गरेका हुन् ।

‘तिमी नभएको’ छायाँकन सकियो
‘तिमी नभएको’ छायाँकन सकियो

गाऊँबाट शहर झरेर बस्ने सँस्कृतिले पछिल्लो समय परिवारमा कस्ता खाले समस्या दिएको छ भन्ने कुरालाई फिल्मले आफ्नो कथासार बनाएको निर्देशक गुरुङले जानकारी दिए । ‘परिवारमा घट्ने साना साना घटनाले ठुलो समस्या बल्झाउन सक्छ’ भन्ने कुरालाई फिल्मले देखाउन खोजेको उनले बताए ।

फिल्ममा सोम गुरुङ, अनुता गुरुङ, सबिना गुरु, गौरी गुरुङ लगातयको अभिनय रहेको छ । फिल्ममा बालकलाकारद्वय युगजंग गुरुङ र युविनजंग गुरुङको विशेष भुमिका रहेको निर्माण यूनिटले जनाएको छ । बाऊआमाबीच सम्बन्ध बिग्रँदा साना छोराछोरीले कस्तो दुख पाउँछन् ? भन्ने कथा पनि फिल्ममा समावेश छ ।

गणेशबहादुर गुरुङ, प्रताप गुरुङ, राहुल गुरुङ, डम्बर गुरुङ, अनु गुरुङ र रबिन गुरुङको सँयुक्त लगानीमा निर्माण हुने फिलाई सन्तोष कोन्मेले खिचेका हुन् । सामिप्य तिमिल्सिनाको पटकथा र संवाद रहेको फिल्ममा बसन्त सापकोटाले संगीत भरेका छन् । मन क्षेत्री र संगीतकार सापकोटा आफँैले फिल्मका लागि गीत लेखेका छन् ।

१५ लाख रुपैयाँ निर्माण लागत अनुमान गरेका फिल्मको हाल पोस्ट प्रोडक्शनको काम भैरहेको निर्माण कम्पनीले जनाएको छ । फिल्मलाई चाँडै नै प्रदर्शनमा ल्याउने तयारीका साथ काम भैरहेको कम्पनीले बताएको छ ।

कमेन्टहरु
Loading...