२७८ औं समता काव्य सन्ध्यामा व्यङ्ग्य कविता

पोखरा, ६ भदौ /पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको २७८ औं शृङ्खला सम्पन्न भयो ।

२७८ औं समता काव्य सन्ध्यामा व्यङ्ग्य कविता
२७८ औं समता काव्य सन्ध्यामा व्यङ्ग्य कविता

काव्य सन्ध्यामा विशेष आमन्त्रित कविवर तेजनाथ घिमिरेले कविताको शक्ति नै वक्रोक्ति भएकाले गाईजात्राका सन्दर्भमा व्यङ्ग्य प्रधान कविता वाचन गर्नु स्वाभाविक भएको बताए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा चित्रकला विभाग प्रमुख काव्य सन्ध्याका रमेश श्रेष्ठले कविताको अघोषित पाठशालाको परिकल्पना गरेका तीर्थ श्रेष्ठको सपना काव्यिक भएर फुलेको बताए । उनले आफू आजीवन कविताको विद्यार्थी रहने र कवितामा नै समर्पित हुने प्रतिवद्धता जनाए ।

प्रगतिशील लेखक संघ कास्कीका अध्यक्ष भीम रानाभाटले महिलाहरुको चाड तीज भड्किलो र विकृतियुक्त भएकाले स्रष्टाका सिर्जना मार्फत् सकारात्मक सन्देश दिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा तेजनाथ घिमिरे, प्राज्ञ तीर्थ श्रेष्ठ, रमेश श्रेष्ठ, डा. बलराम उपाध्याय रेग्मी, भीम रानाभाट, डा. चैतन्य अधिकारी, नारायण बास्तोला, सरस्वती श्रेष्ठ सरु, दिनेश बस्नेत, सर्वज्ञ श्रेष्ठ, षडङ्राज घिमिरे, कपिल शर्मा सञ्जोग, शितल गिरी, लक्ष्मी थापा, लोकनाथ पुडासैनी, डा. बसन्त गौतम, कृष्ण अधिकारी त्रुपक, क्रिष्टिना गुरुङ, भरत कोइराला, सविना पौडेल, राजेश अधिकारी, कोशिस ओझा, गोविन्द पराजुली, सन्दीप गौतम, सुदर्शन पौडेल, जनक दुलाल, मिनराज बसन्त लगायतका कविहरुले आफ्ना सिर्जनाहरु वाचन गरेका थिए ।

परिवारका उपाध्यक्ष दीपक समीपले स्वागत मन्तव र कवि अमृत सुवेदी गुँरासले विशेष रचना अन्तर्गत कवि मञ्जुलको वाल्यकालसँग खैल्दै कवितासंग्रहबाट “तासको पत्ती” कवितालाई प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष सुरेश रानाभाटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव अर्जुन अधिकारीले गरेका थिए ।

कमेन्टहरु
Loading...