रामभक्त र इतु जोजिजूको जोडीद्वारा रेकर्डिङ स्टुडियो सञ्चालनमा

पोखरा, १२ जेठ /गायक रामभक्त जोजिजू र गायिका इतु जोजिजूको जोडीले रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याएको छ । सो जोडीद्वारा सञ्चालित जे. ई. स्टुडियो तथा म्युजिक सपको शनिबार सङ्गीतकार कृष्णबहादुर श्रेष्ठले औपचारिक उद्घाटन गरे ।

श्रेष्ठले जे. ई. स्टुडियोले पोखरामा खड्कने गरेको स्तरीय गीत रेकर्डिङको अभावलाई पूर्ति गर्ने विश्वास व्यक्त गरे । जोजिजू जोडी आफैँ पनि गीत÷सङ्गीतका क्षेत्रमा लामो समयदेखि काम गरिरहको हुनाले पोखराको सङ्गीतलाई माथि उठाउन उनीहरुको प्रयास महŒवपूर्ण रहेको श्रेष्ठको भनाइ थियो ।

गीतकार सुमन श्रापितले काठमाडौँमा रेकर्ड गर्दा स्तरीय हुने र पोखरामा गर्दा स्तरहीन हुने भन्ने भ्रमलाई जे. ई. स्टुडियोले चिर्ने विश्वास व्यक्त गरे । काठमाडौँमै गीत रेकर्ड गर्दै आएका श्रापितले अबको आफ्नो गीत जे. ई.मै रेकर्ड गर्ने उद्घोषसमेत गरे ।

बानका केन्द्रीय उपाध्यक्ष तथा रेडियो बाराहीका कार्यकारी निर्देशक, पत्रकार रमेश पौडेलले रामभक्तको सङ्गीत साधनासँग आफू लामो समयदेखि परिचित रहेको स्मरण गर्दै स्टुडियो सञ्चालनले नयाँ पुस्तालाई अघि बढाउन पनि उनको योगदान रहने भनाइ राखे ।

आफूले सञ्चालन गरेको स्टुडियोमा गीत रेकर्डिङका अलावा एरेञ्ज र लाइभ बाद्यवादनको समेत व्यवस्था रहेको सञ्चालक रामभक्त जोजिजूले बताए । पोखरामै काठमाडौँको गुणस्तर दिइने भन्दै जोजिजूले म्युजिक सपमा सङ्गीतका लागि आवश्यक पर्ने सामान्यदेखि ठूला सामग्री पनि उपलब्ध गराइने जनाए ।

सोही अवसरमा पोखराबाट सञ्चालित साङ्गीतिक अभियान सुगम सङ्गीत यात्राको ४७ औँ शृङ्खला पनि सम्पन्न भएको छ । जे. ई. म्युजिक एकेडेमी, त्रिवेणी सङ्गीतालय र अनुपम म्युजिक पोखराद्वारा मासिक रुपमा सञ्चालित कार्यक्रममा रामभक्त जोजिजू, पशुपति गुप्ता, कौशल्या गुरुङ, सन्तोष पराजुली, सुदिच्छा लामिछाने, योगेश गौतम, वसन्त थापा, देवीमाया गुरुङ, स्मृति गुरुङ, उपेश थापा, अमिन बज्राचार्य, निश्चल सुवेदी, ईशा गौचन, युनिट लामा, ईशु श्रेष्ठलगायतले साङ्गीतिक प्रस्तुति दिएका थिए ।

यात्राका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए । यात्राको ५० औँ शृङ्खलालाई विशेष बनाउने तयारीमा आफूहरु जुटेको अध्यक्ष अधिकारीको भनाइ थियो ।

कमेन्टहरु
Loading...