पोखराको सभागृह चोक नजिकै दुर्घटना

पोखरा, ३ जेठ /पोखरा महानगरपालिका ८ सभागृह नजिकै दुर्घटना भएको छ । सभा नजिकै ग १ ख ३९९५ नम्रबको बसले ग ९ प १५१५ नम्रबको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घाइते भएकी छन् ।

पोखरा महानगरपालिका १७ म्युजियम बस्ने ३३ बर्षिय चाँदनी कार्की घाईते भई उपचारको लागि फिस्टेल अस्पताल लगेको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरि तनहुँको भानू नगरपालिका १ चुदिपुल स्थितमा खत्रिटारबाट डुम्रे तर्फ आउँदै गरेको ग १ ख ५२५० नम्रबको टिप्परले सोहि दिशाबाट आईरहेको प्रदेश नम्बर ३ को ०२०० प ६७४०नम्बरको मोटरसाईकललाई ठक्कर दिएको छ ।

ठक्करबाट मोटरसाईकल चालक बन्दीपुर गाउँपालिका १ बेलभन्ज्याङ बस्ने वर्ष ५६ को ध्रुब ढकाल घाईते भई उपचारको लागि लक्ष्मी अस्पताल डुम्रे तनहुँ लगिएको छ ।

कमेन्टहरु
Loading...