पोखराको लेखनाथमा सवारी दुर्घटना

पोखरा, २४ साउन / पोखरा महानरपालिका २९ धर्मकाटा स्थित पृथ्वी राजमार्गमा मोटरसाइक र स्कुटर ठक्कर खाँदा चार जना घाइते भएका छन् ।

ग १४ प २३८१ नंम्बरको मोटरसाईकल र ग ६ प ६२३४ नंम्बरको स्कुटी ठक्कर खाँदा दुवै सवारी साधनको चालक र सवार व्यक्ति गरी चार जना घाइते भएका हुन् ।

घाईते हुनेमा मोटरसाईकल चालक पोखरा २७ बस्ने निरज कार्की, पछाडी सवार सन्दिप भट्टराई, स्कुटर चालक पोखरा २९ बस्ने सावित्री पौडेल खनाल र पोखरा ३० खुदी बस्ने संगिता कुवँर रहेका छन् । प्रहरी टोलीले घटनाको विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...