बैशाखको शुरुवातसँगै मिस एण्ड मिस्टर एसएलसी

पोखरा, १४ चैत /मिस्टर एण्ड मिस एसएलसी नेपालको दोस्रो सिजन शुरु भएको छ । प्रतियोगिताको लागि आवेदन फाराम खुला भैसकेको आयोजक गोस्पेल मल्टिमिडिया प्रालिले जनाएको छ । शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा आयोजकले जानकारी दिएको हो ।

बैशाखको शुरुवातसँगै मिस एण्ड मिस्टर एसएलसी
बैशाखको शुरुवातसँगै मिस एण्ड मिस्टर एसएलसी

‘हामीले दोस्रो सिजनको मिस्टर एण्ड मिस एसएलसीको लागि आवेदन फाराम खुला गरिसक्यौँ ।’ गोस्पेल मल्टिमिडियाकी अध्यक्ष निरु पुनले भनिन्–‘एसएलसी सकाएर हाल कलेज पढिरहेका विद्यार्थीहरुले प्रतियोगितामा भाग लिन सक्नेछन् ।’ प्रतियोगितामा नेपाल भरबाट विद्यार्थीहरुले सहभागिता जनाउने सक्ने आयोजकले बताएको छ । बैशाखको २ गतेसम्मका लागि आवेदन फाराम खुला गरिने उनले बताईन् ।

आयोजकका अनुसार बैशाख ३ गतेदेखि सहभागीहरुका लागि प्रशिक्षण शुरु हुनेछ । १६ दिनसम्म सहभागीहरुलाई ¥याम्प, मोटिभेशनल कक्षा, वाकशैली, व्यक्तित्व विकास र नेतृत्व विकास सम्बन्धि तालिम दिईने कम्पनीका म्यानेजिङ डाईरेक्टर रामप्रताप मल्लले जानकारी दिए ।

प्रतियोगितामा मिस र मिस्टर एसएलसी गरि दुई विधामा कुल ६० जना प्रतिस्पर्धीहरु सहभागि हुने आयोजकको अनुमान छ । आयोजकले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्नका लागि यस्तो खाले ईभेन्ट आयोजना गरेको जनाएको छ । पछिल्लो समय बग्रेल्ती ईभेन्टहरु पैसा कमाउनका लागि मात्रै भनि आरोप लागिरहेको बेलामा हुन लागेको यो ईभेन्टलाई लिएर आयोजकले कुनै शंका नगर्न आग्रह गरेको छ । ‘हामी एसएलसी दिएर बसेका विद्यार्थीहरुको प्रतिभालाई बाहिर ल्याउनका लागि यो सब गरिरहेका छौँ ।’ प्रतियोगिताका सँयोजक समेत रहेकी निरु पुनले भनिन्–‘यो नितान्त सामाजिक उत्तरदायित्वको हिसाबले गरिने ईभेन्ट हो ।’

प्रतियोगिताको अघिल्लो सिजनमा मिस्टर तर्फ पर्वतका त्रिविक्रम गुरुङ र मिस तर्फ बाँझापाटनकी तेजश्वी गुरुङ विजेता बनेका थिए । प्रतियोगितामा दुवै विधातर्फ विजेता हुनेले नगद ५० हजार सहित एक वर्षसम्म कम्पनीको ब्राण्ड एम्बेसडर हुने मौका पाउनेछन् । त्यस्तै दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो । प्रतियोगिता समापनका लागि कुल ११ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

कमेन्टहरु
Loading...