अनसनरत डा. केसीका समर्थकमाथि जुम्लामा अत्यधिक बल प्रयोग

जुम्ला,३ साउन/अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं लैजान रोकेको भन्दै प्रहरीले उनका समर्थकमाथि अत्यधिक बल प्रयोग गरेको छ ।प्रहरीले अस्पताल भित्रै पुगेर कुटपिट गरेको पीडितहरुले बताएका छन् ।डा. केसीलाई लिन डाक्टरहरुको टोली सहित नेपाली सेनाको हेलिकोप्टर जुम्ला पुगेको थियो ।

टोलीलाई सघाउन कर्णली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र गृहमन्त्री नरेश भण्डारी पनि कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए ।तर, डा. केसीका समर्थकहरुले सरकारी टोलीलाई डा. केसीलाई भेट्न समेत दिएनन् ।अवरोधपछि मुख्यमन्त्री शाही नेतृत्वको टोली डा. केसीलाई नभेटी फर्किएको थियो ।तर, केहीबेरमा नै प्रहरी प्रतिष्ठानमा पुगेपछि अवस्था तनावग्रस्त बनेको हो ।झडपका क्रममा प्रहरीले अस्पतालमा पसेर अन्धाधुन्द लाठी प्रहार गरेको छ ।

त्यसक्रममा केसी समर्थक विद्यार्थीसँगै डाक्टर र विरामी कुरुवा पनि घाइते भएका छन् । घाइते विद्यार्थीहरुको अस्पतालकै इमर्जेन्सीमा उपचार भइरहेको छ ।अश्रुग्यास प्रहार र अन्धाधुन्ध लाठीचार्जका कारण ३०-४० जना विद्यार्थीहरु घाइते भएको केसी निकट डा. विषद दाहालले जानकारी दिए।

कमेन्टहरु
Loading...