काठमाडौंबाट विप्लवका ५ नेता पक्राउ

काठमाडौं । ‘विप्लव’ नेतृत्वको नेकपाका पाँच नेता पक्राउ परेको छ । महानगरीय अपराध महाशाखाका अनुसार काठमाडौंका विभिन्न स्थानबाट उनिहरुलाई बुधबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा दोलखा जिल्ला इन्चार्ज यादव दाहाल, सचिव निशान जिरेल, अखिल क्रान्तिकारीका ताम्सालिङ इन्चार्ज मुकुन्द, उदयपुर जिल्ला इन्चार्ज विकास र रामेछाप जिल्ला इन्चार्ज कुलदीप तामाङ रहेका छन् ।

पक्राउ परेका सबैजना राजधानी काठमाडौंका विभिन्न स्थानमा संगठन विस्तारका कार्य गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...