स्कूल बसले आमाको ज्यान लियो, स्कूल र प्रहरी कार्यालयमा आफ्न्तको धर्ना

पोखरा, ९ पुस / पोखरामा मंगलबार स्कूल बसको ठक्करले अविभावकको ज्यान गएपछि उनका आफ्न्तले बुधबार स्कूल र वडा कार्यालय बैदामको गेट अगाडी धर्ना दिएका छन् । पोखरा महानगरपालिका १७ पार्दी स्थित बालोदय बोर्डिङ स्कुलको बसले विद्यालयमा अध्यनरत विद्यार्थीका अविभावकलाई ठक्कर दिदा घटनास्थल मै ज्यान गएको थियो ।

पोखरा १७ मा बस्दै आएकी पर्वत कुश्माकी २६ बर्षीया सरिता पौडेल (सुवेदी) लाई ग१ख २४९९ नम्बरको बसले ठक्कर दिँदा ज्यान गएको थियो । पौडेलका दुई छोरी छन् । उनको श्रीमान् टेकनारायण सुवेदी वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन् । सरिताको माइतीघर भने स्याङ्जा बाङ्सिङ हो । चालक र परिचालकको असावधानीले उनले ज्यान गुमाउनुपरेको प्रत्यक्षदर्शीको भनाई छ ।

सरिता पौडेल सुवेदी
सरिता पौडेल सुवेदी

सात वर्षकी जेठी छोरी समृद्धिलाई नजिकैको बालोदय स्कूलमा भर्ना गरेकी थिईन् । सधैं झैं मंगलबार पनि सरिताले छोरी समृद्धिलाई स्कुल जानका लागि तयार पारिन् । दुई वर्षीया नाबालिका कान्छी छोरी सँगै बस्ने छिमेकीको जिम्मा लगाएर समृद्धिको हात समाउँदै चोकमा पुगेर बस कुरिन् ।

कक्षा एकमा पढ्ने छोरीलाई बसमा चढाइन् र आफू पनि चढिन् । छोरीले ‘मम्मी बाईबाई’ भनिन्, सरिताले पनि ‘बाई’ फर्काइन् र बसबाट ओर्लिन् । तर, विडम्बना बस एक छिन पनि रोकिएन । उनी झरी नसक्दै बसले लता¥यो । पछाडिको चक्कामा परिन् । घाँटी तलको भागमाथिबाट चक्का गुड्यो । तत्काल नजिकैका युवाहरु त्यहाँ पुगे । घटनापछि पीडित पक्ष, स्कुल प्रशासन, प्रहरी प्रशास वार्ता चलेपनि सहमती हुन सकेको छैन । सरिताको शव पोखरा अस्पतालमा छ ।

कमेन्टहरु
Loading...