रिगललाई आममाफी दिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेको छ । निर्णय बदर भएसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ ।

सर्वोच्च अदालतले बिहीबार रिगलको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो । उनलाई बाँकेबाट पक्राउ गरिएको प्रहरीेले जनाएको छ । अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न आदेश दिएको छ ।

रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपतिले आममाफी दिएका थिए। नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २०७२ असार २८ गते चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगल जिल्ला अदालत बाँकेले दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

कमेन्टहरु
Loading...