दुबईमा सडक दुर्घटनाः ६ जना नेपालीको मृत्यु

दुबई, १३ असोज/ दुबईमा सडक दुर्घटनामा परेर ६ जना नेपालीले ज्यान गुमाएका छन् भने अन्य दुई जनाको पनि मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

सोमबार बिहान शेख मोहम्मद बीन जाइद रोडमा दुर्घटना भएको दुबई प्रहरीले उल्लेख गरेको छ । शारजाह पुग्नुअघि मिरदिफ सहरमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ६ जना नेपालीको मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ । मृत्यु हुनेमा दिपक विक, रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोख्रेल, र नयराम साउद रहेको जनाइएको छ । दुर्घटनामा बस चालकको पनि मृत्यु भएको छ ।

घाइतेको उपचार राशिद अस्पतालमा भइरहेको दुबईमा भईरहेको छ ।

कमेन्टहरु
Loading...