पर्यटक बसमा स्वदेशी पर्यटक रोक नलाउ – व्यवसायी

पोखरा, २२ भदौ/नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले सवारी दुर्घटना न्यूनिकरण एवं अन्य विभिन्न बाहनामा यातायात बिनियम संशोधन प्रक्रिया प्रति हामी सवै पर्यटन संघ सस्थाहरुको विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ । पोखराका पर्यटन संघसस्थाले सयुक्त विज्ञप्ती जारी गर्दै पर्यटक बसमा स्वदेशी पर्यटकलाई रोक लगाउने कामको विरोध गरेका छन् ।

नाट्टा पश्चिमाञ्चल क्षेत्रिय संघ, पोखरा पर्यटन परिषद, पश्चिमाञ्चल होटल संघ, टान पश्चिमाञ्चल क्षेत्रिय संघ, रेवान पोखरा शाखा, पोखरा टुरिजम रिभाईवल कमिटी, नेपाल हवाई खेलकुद संस्था, ऐगा पोखरा, टेसा पोखरा, पर्यटन यातायात समिति, होटल प्रतिनिधि समाज पोखरा, भिटोफ कास्की, टुरिष्ट बस एसोसिएसन नेपाल, नागरिक समाज पोखरा, सामुदायीक सेवा केन्द्र बैदाम लगायले विरोध गरेका हुन् ।

स्तरिय, सुरक्षा एवं सुबिधा सम्पन्न पर्यटक बाहनहरु प्रति स्वदेसि तथा बिदेशी पर्यटकहरुको रुचि हुदाँ हुदै पनि प्रयाप्त पर्यटक बाहनहरुको अभावका कारण मुलुकका कतिपय पर्यटकिय स्थानहरुका पर्यटकहरुले सास्ती बेहोर्दै आएको विज्ञप्तीमा उल्लेख छ । सुरक्षा र सुबिधाका कारण आन्तरिक एवं बाह्य पर्यटकहरुको रोजाईमा परेका पर्यटक सवारीहरुलाई कुन्ठीत गराउनुका साथै एउटा सेन्डिकेट प्रणालीको बाहन बनाएर अर्काे सेन्डिकेटलाई प्रशय दिन लागेको प्रष्ट देखिन आएको विज्ञप्तीमा उल्लेख छ ।

नागरिकहरुको स्वतन्त्रतालाई कुन्ठित गरि आम नागरिकले पाउनु पर्ने अधिकारलाई समेत बन्चित गर्न कदम भएको उनिहरुको आरोप छ । गैर पर्यटक शब्दलाई आधार बनाएर स्वदेशि पर्यटकहरुलाई एक ठाँउबाट अर्काे स्थान सम्म जान पाउने अधिकारलाई कुन्ठित गर्दा समग्र देशको पर्यटनमा नकारात्मक असर पर्न गई नेपालको पर्यटन उद्योग नै धारासायी हुने भएकोले यस प्रकारका त्रुटिपुर्ण नीतिहरु अबलम्बन नगरी शान्ति सुरक्षा र नागरिक स्वतन्त्रताको हनन नहोस भन्ने उनीहरुको माग छ ।

नियम तथा बिनियम संशोधन एवं परिमार्जित गर्दा सम्बन्धित बिषेसज्ञहरु र सरोकारवालाहरु संग छलफल र समन्वय नगरि हचुवाका भरमा भएको निर्णयबाट पर्न सक्ने असर, त्यसबाट पर्न सक्ने नकारात्मक प्रभाब प्रति नेपाल सरकार पर्यटन मन्त्रालय एवं सम्बन्धित निकायहरु चनाखो हुनु जरुरी रहेको उनीहरुको भनाई छ ।

कमेन्टहरु
Loading...