नेपालको भान्सामा यदि कुनै एक परिकार सधैं अपरिहार्य छ भने त्यो हो, चामल । चामल दैनिक भोजनको मुख्य हिस्सा मात्र होइन, चाडपर्व, पूजाआजा, र सामाजिक संस्कारहरूमासमेत यसको गहिरो भूमिका रहदै आएको छ । चामल उत्पादक तथा विक्री कम्पनी धेरै छन् तर सुपथ मुल्यमा गुणस्तर चामल थोरैले मात्र विक्री वितरण गर्ने गरेको पाइन्छ । नेपालका अन्य सहरमा ख्याती कमाएको भर्गो एग्रो इन्डस्ट्रिज प्रालीले उत्पादन गर्दै आएको मनास्लु ब्राण्डको चामल बिक्री केन्द्र पोखरामा सञ्चालनमा आएको छ ।
‘आफ्नै उत्पादन, आफ्नै बजार, समृद्ध किसान, समृद्ध राष्ट्र’ भन्ने मूल नारासहित स्थापित भर्गो एग्रो इन्डस्ट्रिजले उत्पादन गरेको चामलको पोखरा बिक्री केन्द्र पोखरा १७ बिरौटामा बुधबारदेखि सञ्चालनमा ल्याइएको हो । यसै अवसरमा एक विशेष कार्यक्रम गरि उक्त केन्द्रको उद्घाटन गरिएको छ । कम्पनीको उद्योग स्थल नवलपुरको गैडाकोट नगरपालिका–१४, अमरापुरीमा अवस्थित छ, जहाँ अत्याधुनिक जापानी प्रविधियुक्त चामल प्रशोधन मेसिन प्रयोग गरी चामल उत्पादन हुँदै आएको छ । हाल कम्पनीले उत्पादन गरेको गुणस्तरीय चामल ‘मनास्लु’ ब्रान्डमार्फत बजारमा उपलब्ध गराइएको छ ।
पोखरा बिक्री केन्द्रको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका लेखा समिति संयोजक झपट रानाभाटले बधाई ज्ञापन गर्दै उपभोक्ताको स्वास्थ्यलाई मुख्यरुपमा राखेर सर्वसुलभ सामानहरुको बिक्री वितरण गर्नुपर्ने आजको आवश्यकता रहेको बताए ।
त्यस्तै कम्पनीका व्यवस्थापक सुरज दंगालले कम्पनीले कृषि उपजलाई स्थानीय उत्पादन र प्रशोधन प्रणालीमार्फत बजारमा पु¥याउने लक्ष्य लिएको जानकारी दिए । अब देशको दिगो विकास र समृद्धिको मेरुदण्ड उन्नत कृषि बन्नुपर्ने समय आएको उनको भनाई थियो । आफूहरुले केवल उत्पादन र बिक्रीमा मात्रै होइन, किसानको प्रत्यक्ष हितमा जोड दिने योजनासमेत अघि सारिएको व्यवस्थापक दंगालले बताए ।
मनास्लु ब्राण्डको चामल गुणस्तरिय भएकाले अन्य सहरमा जस्तै पोखरामा पनि रोजाईमा पर्ने पोखरा बिक्री केन्द्रका प्रमुख राजु रिजालको दावी छ । सुलभ र गुणस्तरमा धेरैको रोजाईमा परेकाले पर्यटकीय सहर पोखरामा बिक्री केन्द्र सञ्चालमा ल्याइएको रिजालको भनाई छ ।
भर्गो एग्रो इन्डस्ट्रिज घामखेती गुरु कम्पनी लिमिटेड र सौर्य कृषि कम्पनी लिमिटेडबाट प्रवर्तित संयुक्त लगानीको कृषि उद्योग हो । ११ वटा मुख्य सहरमा जस्तै अन्य सहरहरुमा पनि यस्तै बिक्री केन्द्र स्थापना गर्दै जाने योजना कम्पनीको छ ।