सस्तो बजारका व्यवसायी विरोधमा, कार्वाही गर्ने कम्युनिष्ट पार्टीको घोषणा

पोखरा, ३१ चैत /पोखराको पृथ्वीचोकस्थित सस्तोबजारमा व्यापार गरिरहेका साना तथा स्वरोजगार व्यवसायीहरुले उपयोग गरिरहेको जग्गा ठेक्कामा दिने कार्यकाविरुद्ध पोखरामा विरोध प्रदर्शन गरेका छन् ।

सस्तोबजारबाट शुरु भएको विरोध जुलुश पृथ्वीचोक परिक्रमा गरी पुनः सस्तो बजारमा पुगेर सभामा परिणत भएको थियो । विरोध प्रदर्शनका क्रममा सहभागीहरुले जनतालाई शान्तिपूर्वक गरि खान देऊ, दलालहरुलाई लुट्न नपठाऊ, राज्यलाई हामी आफैं भाडा तिर्छौं” लगायतका नाराहरु लगाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा सस्तो बजार व्यवस्थापन समितिका संरक्षक शिव खनालले आफूहरुले कुनै पनि हालतमा सस्तोबजारलाई नछाड्ने बरु ज्यानको बलिदानी दिन तयार रहेको बताएका थिए । उनले यदि सस्तो बजारमा डोजर लगाउने काम भएमा त्यसको कडा रुपमा प्रतिवाद गर्ने घोषणा गरे ।

नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी जगन तिवारीले नेपाल वायु सेवा निगमसँग भाडामा जग्गा लिएका राजु गोर्खाली लगायतका व्यवसायीहरुलाई आफूले जो जस सँग लगानी गरेको रकम हो उनीहरुसँगबाट फिर्ता गरेर लैजान आग्रह गर्दै यदि साना स्वरोजगार व्यवसायीहरुको व्यापारिक शटरहरुमा डोजर लगाउने काम भएमा कडा कारवाही गर्ने घोषणा गरे ।

कमेन्टहरु
Loading...