संविधान झल्किने सिक्का बजारमा, सबैले किन्न पाउने

काठमाडौं, २५ चैत/नेपाल राष्ट्र बैंकले नयाँ संविधान झल्किने गरि नयाँ सिक्का बजारमा ल्याएको छ। उक्त सिक्का टक्सार विभाग सुन्धाराबाट किन्न पाइने व्यवस्था बैकले मिलाएको छ । नागरिक दैनिकमा समाचार छ।

सरकारले असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक अवसरमा उक्त रिक्का निष्कासन गर्ने निर्णय गरेको थियो।

राष्ट्र बैंकले गत भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले नयाँ संविधानको खुसियालीमा दुई हजार रुपैयाँको चाँदीको सिक्का र एक सय रुपैयाँ अंकित दरका क्युप्रोलिन धातुको स्मारिका सिक्का निष्कासन गर्ने निर्णय गरेको थियो।

सोही अनुसार सिक्का निष्कासन गरिएको राष्ट्र बैंक टक्सार महाशाखा प्रमुख विनोदकुमार तन्डुकारले बताए।

कमेन्टहरु
Loading...