एमाले अध्यक्ष केपी ओलीद्धारा युवा व्यवसायी गुरुङको भैसी फर्मको अवलोकन

पोखरा, ४ असोज /एमाले अध्यक्ष केपी शर्मा ओलीले पोखरामा युवा ब्यवशायी द्धारा सञ्चालित पशु फर्मको अवलोकन गरेका छन । ओलीले युवा ब्यवशायी तथा समाजसेवी राजेश गुरुङले पोखरा १४ बी.पी मार्गमा सञ्चालन गरेको माता मनकामना पशु फर्मको सोमबार अवलोकन गरेका हुन ।

उक्त फर्मको अवलोकन गर्दै युवापुस्ताले आफ्नो पुख्र्यौली पेशा पशुपालनलाई आधुनिक ढंगले सञ्चालन गरेर युवाहरुलाई पशुपालन तर्फ आकर्सित गराउन सफल भएको वताए । आधुनिक ढंगले नेपालमानै पशुपालनको क्षेत्रमा लगानी गर्न सकेको खण्डमा मुलुकले बाहिरी देशबाट पशुबाट उत्पादन हुने बस्तुहरु आयात गर्नमा कमी हुने र मुलुकको अर्थ ब्यवस्था पनि राम्रो हुने वताउदै पूर्व प्रधान मन्त्री समेत रहेका वलीले अन्य युवाहरुले पनि राजेश गुरुङ जस्तो युवा बाट पाठ सिक्नुपर्ने वताए ।

मुलुकमा अझैपनि पुरानै ढंगबाट पशुपालन गर्ने गरिरहेको वताउदै पशुपालनलाई अवका दिनमा आधुनिक ढंगले सञ्चालन गरी मनग्य फाइदा लिन सकिने वलीले वताए । पशु पालन आफैमा गा¥हो भएतापनि आधुनिक ढंगले सञ्चालन गर्नेहोभने ग्रामीण भेगमा मात्र नभइ बजारमा पनि यो पेशा सहजै रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण युवा ब्यवशायी राजेश गुरुङबाट पाठ सिक्नुपर्ने उनको भनाइ रहेको थियो ।

सो अवसरमा वोल्दै नेपालकै ठूलो भैसी फर्म सञ्चालक कास्कीका इमान सिंङ गुरुङले आफुबाट युवा ब्यवशायी राजेश गुरुङले भैसी पालन प्रति अभिप्रेरित भएको वताए । उनले आफुले गाइपालन भन्दापनि भैसी पालनबाट फाइदा हुने भएकाले भैसी पालनलाई प्राथमिकता दिएको वताए । राजेश गुरुङ जस्ता युवाहरुले भैसी पालनलाई प्राथमिकता दिने होभने विदेशी भुमिमा भन्दा आफ्नै भुमिमा बसेर मनग्य फाइदा उठाउन सकिने उनले वताए ।

कमेन्टहरु
Loading...