गुरुङ पर्यटन व्यवसायी पश्चिमाञ्चल क्षेत्रिय समितिमा पुनः बोबरजंग गुरुङ

पोखरा, १५ भदौ/गुरुङ पर्यटन ब्यवसायी संघ नेपाल पश्मिाञ्चल क्षेत्रिय समिति पोखराको पाँचौ वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन आज पोखरामा सम्पन्न भएको छ । अधिवेशनको नेपाल गुरुङ पर्यटन व्यवसायी संघ नेपाल केन्द्रिय समितिकी अध्यक्ष कमला गुरुङले एक समारोहका बीच उदघाटन गर्नुभयो ।

गुरुङ पर्यटन व्यवसायी पश्चिमाञ्चल क्षेत्रिय समितिमा पुनः बोबरजंग गुरुङ
गुरुङ पर्यटन व्यवसायी पश्चिमाञ्चल क्षेत्रिय समितिमा पुनः बोबरजंग गुरुङ

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले अब गुरुङ पर्यटन व्यवसायीहरु एकजुट भएर अगाडी बडनुपर्ने बताउनुभयो । विभिन्न संघ संस्थाहरुसँगको समन्वय र केन्द्रिय समितिसँग हातेमालो गर्दै आफनो हक अधिकार र व्यवसायीक प्रवद्र्धनका काम अघि बढन उहाँले पश्मिाञ्चलका गुरुङ पर्यटन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । साथै नयाँ–नयाँ पर्यटकीय गन्तव्यहरुको पनि उत्साहका साथ खोजी गर्न लाग्नुपर्ने उहाँको भनाई छ ।

सम्पन्न अधिवेशनको बन्द सत्रले पुनः बोबरजंग गुरुङको अध्यक्षतामा आगामी २ वर्षको लागि १३ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा हर्कबहादुर गुरुङ, महासचिवमा कर्णबहादुर गुरुङ, सचिवमा विकास गुरुङ, कोषाध्यक्षमा किसमकुमारी गुरुङलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा भुपाल गुरुङ, जुवु गुरुङ, कुमार गुरुङ, राजेन्द्र गुरुङ, विष्णु गुरुङ, रामबहादुर गुरुङ र अविलास गुरुङलाई चयन गरेको छ । समितिको २ जना सदस्य पछि मनोनय गर्ने प्रावधान रहेको छ । संस्थापक अध्यक्ष कूलबहादुर गुरुङको अध्यक्षतामा गठन भएको निर्वाचन समितिले सर्वसम्मत रुपमा सो कार्य समितिको नाम घोषण गरेको हो । वि.सं. २०६८ सालमा स्थापना भएको संघमा अहिले पश्चिमाञ्चल समितिमा ८७ जना र देशभरमा ३ सय जना भन्दा बढी सदस्यहरु आबद्ध रहेका छन ।

कमेन्टहरु
Loading...