गण्डकी विकास बैंकको नयाँ बचत योजना

पोखरा, १ असोज/ गण्डकी विकास बैंकले नयाँ वचन योजना सार्वजनीक गरेको छ । बैंकले विना धितो १५ लाख

सम्मको प्रोफेसनल कर्जा बजारमा ल्याएको छ । कर्जा डाक्टर, इन्जिनियर, प्राध्यापक, वकिल, चाटर्ड एकाउन्टेन्ट

लगायत ख्याती प्राप्त संघ संस्थामा कार्यरत कर्मचारीहरुलाई प्रदान गरिने बैंकले जानकारी दिएको छ । बैैंकले

वचत खातामा तर्पm दैनिक ७ प्रतिशत व्याज तथा अन्य आर्कषक सेवा सुविधा सहितको साधारण बचत खाता

बजारमा ल्याएको हो । खातामा एटिएम, एबिबिएस, मोवाइल बैंकिङ, एएसबिएस सेवा लगायत ५ लाख सम्मको

दुर्घटना विमा समावेश गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी दिए ।

त्यसैगरी बैंकले कर्मचारीहरुलाई लक्षित गरी दैनिक मौज्दातमा ७ प्रतिशत व्याज प्रदान गर्ने गरी कर्मचारी तलब

खाता पनि बजारमा ल्याएको छ ।

कमेन्टहरु
Loading...