कोरियाले ३१ सय कामदार लैजान

काठमाडौ, २८ चैत/रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरियामा ३१ सय नेपाली युवा जानपाने भएका छन् । सातौं भाषा परीक्षामा करिब ३१ सय नेपाली युवालाई उत्तीर्ण छनौट गरि लैजान लागेको कारोबार दैनिकमा खबर छ ।

यो संख्या गत वर्षको भन्दा झन्डै ६३ प्रतिशत कम हो । गत वर्ष ८ हजार ४९० युवा उत्तीर्ण भएका थिए । कोरियाको मानव संशाधन विकासले निर्धारण गरेको अनुमानित उत्तीर्ण संख्यामध्ये उत्पादनमूलक क्षेत्रमा २ हजार १०० र कृषि तथा पशुपालन क्षेत्रमा एक हजार निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

यो कोटाले कोरिया भाषा परीक्षाको तयारी गरिरहेका युवालाई भने निराश बनाएको छ । यो वर्ष धेरै कोटा आउने अपेक्षा नेपाली युवाले गरेका थिए ।

कमेन्टहरु
Loading...