पोउवा संघ अध्यक्षका उम्मेदवार पालिखेद्धारा घरदैलोमा

पोखरा, २६ भदौ /पोखरा उद्योग वाणिज्य संघको अध्यक्षपदकाउम्मेदवार विश्वशंकर पालिखेले आईतवार पोखराका विभिन्न व्यापारिक क्षेत्र र वजारहरुमा घरदैलो कार्यक्रम गर्नुभएको छ । अध्यक्ष पदका उम्मेदवार पालिखेले नेतृत्व गरेको समावेशी व्यवसायी समूहले लेकसाईड, विन्ध्यवासिनी, मोहरियाटोल, भैरवटोल, भीमसेनटोल, नालामुख, तेर्सापट्टी, रानीपौवा लगायतका क्षेत्रमा विभिन्न व्यवसायीहरुसंग भेटघाट र घैरदैलो कार्यक्रमगरेको प्रचारप्रसार समितिले जानकारी दिएको छ ।

भदौ ३१ र असोज १ गते पोखरा उद्योग वाणिज्य संघको ३१ औ महाअधिवेनको लागि समावेशीव्यवसायीसमूहको तर्फवाट अध्यक्षपदको उम्मेदवार वन्नुभएकापालिखेले पोखराका पुरानाअधिकांशव्यवसायीहरुले आफ्नो समावेशी समूहलाई समर्थन दिएको दावीगर्नुभएको छ । पोखराका विभिन्न वस्तुगत संघसंस्था, व्यवसायीक संघसंस्थाहरुले आफ्नो समूहलाई सहयोग गर्ने थपप्रतिवद्धता दिएको पालिखेको भनाई छ ।

व्यवसायिकहक, हित र समृद्ध पोखरा निर्माण आफ्नो अभियानभएको कारण पनि आम पोखरेली व्यवसायीहरुले आफुले नेतृत्व गरेको समावेशी समूहलाई विजयी गराउने वलियो आधार भएको उहाँको दावी छ । आईतवार पोखराकाअधिकांश पुराना, स्थापितर प्रतिष्ठित व्यवसायीहरुसंग भेटघाटग¥यौं,उनीहरु सवैले आफुहरु माथिविश्वास गरेको पाएका छौ, त्यसैले पनिहामी थप उत्साहित भएका छौं, पालिखेले भन्नुभयो ।

सरकारले उठाउने घर वहाल करलाई थपव्यवस्थितगर्न आवश्यक छ, उपयुक्त मापदण्ड वनाएर वहालदिने व्यवस्थामिलाउने कार्य आफ्नो कार्यकालको महत्वपूर्ण एजेण्डा भएको उहाँले वताउनुभयो । पालिखेले व्यवसायीको हक,हिततथाव्यवसायीक सुरक्षा तथा विमा व्यवस्थापन पनिआफ्नो प्राथमिकता रहेको वताउनुभयो ।

पोखराको व्यवसायलाई थप सुरक्षितवनाउने तर्फ आफ्नो ध्यानजाने भन्दै, अध्यक्षपदकाउम्मेदवार पालिखेले व्यवसायी र मजदुरवीचको सम्वन्ध सुधारका लागि अभियानथालिने व्यवसायीहरुसंग प्रतिवद्धता राख्नुभयो । साथै उहाँले व्यवसायलाई समया  नुकुलवनाउन अनलाईन सेवा समेत संचालन गर्ने योजना रहेको पनि वताउनु भएको छ ।

कमेन्टहरु
Loading...