आस्था सहकारिता पुरस्कारबाट पत्रकार पौडेल सम्मानित

पोखरा, २५ भदौ /आस्था बचत तथा ऋण सहकारी संस्था पोखरा–१ बगरद्वारा सञ्चालित ‘आस्था सहकारिता पुरस्कार’ बाट पत्रकार सुरेन्द्र पौडेल सम्मानित भएका छन् । आर्थिक पत्रकारिता मार्फत सहकारीको क्षेत्रमा योगदान पु¥याएको भन्दै सहकारीको छैटौं साधारणसभाका अवसरमा शनिबार पौडेललाई सम्मान गरिएको हो ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक सरिता तिमिल्सिना भट्टराई, सहकारीका अध्यक्ष जगन्नाथ अधिकारी, प्रवन्ध निर्देशक एवं सचिव नारायणप्रसाद आचार्यले पौडेललाई सम्मानपत्र, दोसल्ला र नगदसहित सम्मान गरेका हुन् । सहकारीका सचिव तथा प्रवन्ध निर्देशक आचार्यले पिता स्वर्गीय पुर्णाखर आचार्यको स्मृतिमा पुरस्कार स्थापना गरेका थिए । उक्त पुरस्कारबाट गत वर्ष जिल्ला सहकारी संघ कास्कीका वरिष्ठ प्रवन्धक भोजराज घिमिरे सम्मानित भएका थिए । सम्मानले सहकारी क्षेत्रमा कमल चलाउन अझ बढी उत्साहित बनाएको पौडेलले बताए ।

आस्था सहकारिता पुरस्कारबाट पत्रकार पौडेल सम्मानित
आस्था सहकारिता पुरस्कारबाट पत्रकार पौडेल सम्मानित

पत्रकार पौडेल आर्थिक आवाज साप्ताहिक, आर्थिक अभियान राष्ट्रिय दैनिक र माउन्टेन टेलिभिजनमा आबद्ध छन् । उनले यस अगाडि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ नेपालद्वारा ‘आउट स्ट्याण्डिङ मिडिया सपोर्ट अवार्ड’, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसनको उत्कृष्ट पत्रकार सम्मान, पृथ्वी राजमार्ग बस सञ्चालक समितिको उत्कृष्ट पत्रकार सम्मान, रोयल सहकारी संस्थाको क्षेत्रीय पत्रकारिता पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

सहकारीका सञ्चालक वसन्तकुमार आचार्यबाट स्थापित संस्था प्रवद्र्धन तथा विकास पुरस्कारबाट संस्थापक उपाध्यक्ष ज्ञानेश्वर सुवेदी सम्मानित भएका छन् । उक्त पुरस्कार गत वर्ष संस्थापक अध्यक्ष प्रेमप्रसाद आचार्यलाई प्रदान गरिएको थियो । उक्त अवसरमा भट्टराईले नेपाली अर्थतन्त्रमा सहकारीको योगदान महत्वपूर्ण भएको बताइन् । ‘आर्थिक समृद्धिका लागि सहकारी अनिवार्य छ,’ उनले भनिन्, ‘सहकारीहरु अब उत्पादनशील क्षेत्रमा लाग्नुपर्छ ।’

कास्की बचत तथा ऋण सहकारी संघका सञ्चालक नरेन्द्र मित्रकोटीले सामुहिक रुपमा आर्थिक विकास गर्न सहकारी आवश्यक पर्ने धारणा राखे । सहकारीका सेयर सदस्यका छोराछोरीमध्ये गत वर्षको प्रवेशिका परीक्षा उत्तीर्ण छात्रछात्रा, असल ऋणि र असल बचतकर्ता, ज्येष्ठ सदस्यलाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो । साधारणसभाले अध्यक्ष र सचिवको प्रतिबेदन पारित गरेको छ ।

कमेन्टहरु
Loading...