स्कुल भित्रै छात्राको बलात्कार

पौष १५/महाराजगञ्जस्थित स्कुलभित्रै एक बिद्यार्थी कर्मचारीबाट बलात्कारमा परेकी छिन्।  घटना एक महिनाअघिको भएपनि हालैमात्र उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अभियुक्त सुजन श्रेष्ठलाई पक्राउ गरी कारबाही अघि बढाएको छ ।डिएसपी योगेन्द्रसिंह थापाका अनुसार स्कुलको छतमा बलात्कार भएको भन्दै छात्राले उजुरी दिएकि छिन्। १० कक्षामा पढ्ने ती छात्रा स्कुलकै होस्टेलमा बस्दथिन्। साँझको समयमा छतमा लगेर आफुमाथि बलात्कार गरेको उजुरीमा छ।

अभियुक्त श्रेष्ठ सोही स्कुलको ब्याईज होस्टलमा कार्यरत थिए। पीडितको गोपनियताका लागि प्रहरीले स्कुलको नाम समेत गोप्य राखेको छ।

कमेन्टहरु
Loading...