महतो ३ लाख घुस सहित पक्राउ

कपिलवस्तु (चन्द्रौटा), १ असार । कपिलवस्तुको इलाका वन कार्यालय जवाबैराठका सहायक बन अधिकृत ब्रम्हदेव महतोलाई ३ लाख रकम सहित शुक्रबार अख्तियारले पक्राउ गरको छ।

             महतोलाई अख्तियारले निजको डेराबाट ३ लाख रकम सहित पक्राउ गरेको हो ।

             सेवा ग्राहीबाट घुस रकम लिएको सुचनाको आधारमा महतोको डेरामा अख्तियारले छापा मार्दा रकम सहित महतोलाई फेला पारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।

             गोलिया निकासी,काठ कटानी अनुमतिका लागि सेवा ग्राहीबाट सो रकम घुस लिएको र थप अनुसन्धान जारी रहेका अख्तियारले जनाएको छ । महतो शिवराज नगरपालिका चन्द्रौटामा डेरामा बस्दै आएका थिए ।

कमेन्टहरु
Loading...