भूत हेर्न पुगेका दुई जना पक्राउ

काठमाडौं, माघ २४ । ‘भूत आतंक’ ले देश तातिरहेको बेला प्रहरीले २ जनालाई पक्राउ गरेको छ । भूत हेर्न भनेर ललितपुरको टिकाथलीस्थित भूत घर पुगेका दुई जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले पक्राउ गरेको हो ।

भूतबारे अफवाह समाचार फैलाएको भन्दै एसपी मिरा चौधरीको कमाण्डमा पुगेको टोलीले उनीहरुलाई मंगलबार राति ९ बजे पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत, सातदोबाटोमा राखिएको र सोधपुछ थालिएको बताइएको छ ।

कमेन्टहरु
Loading...