बन्चरो प्रहार गरि सौताको हत्या

सल्यान, २६ पुस । एक जना महिलाले सल्यानमा बञ्चरो प्रहार गरी सौताको हत्या गरेकी छन् । दामौ गाउँपालिका, ३ फारुलाचौरकी ३२ वर्षीया रुपा खत्रीलाई उनकी सौता कल्पना चन्दले बञ्चरो प्रहार गरी हत्या गरेकी हुन् ।

आज बिहान सामान्य झगडाको भएपछि जेठी सौतालाई बञ्चरो प्रहार गरेकी थिइन् । सौताको हत्या गरेपछि उनी फरार रहेको प्रहरीले जनाएको छ । फरार चन्दको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...