पौष ४/ नेपाल दलित संघका केन्द्रीय सदस्य भरत परियारको निधन भएको छ।
काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका परियारको गएराति ११ः३० बजे आफ्नै पाल्पास्थित निवास्मा निधन भएको हो। ६२ वर्षीय परियार क्यान्सर रोगबाट ग्रसित थिए।
उनको पार्थिव शरीरमा काँग्रेस जिल्ला कार्यसमिति पाल्पाले पार्टीको झण्डा ओढाएर मंगलबार दिउँसो माल्यार्पण गरिने कार्यक्रम तय भएको सचिव झपेन्द्र गैरेले जानकारी दिए।