साबुन पानीले हात मिची मिची धुन्छु

लक्ष्मी पौडेल
(कास्की नौ डाडाँ हाल बेलायत)

यो डर, त्रास अनि अहम यसरी नै
विलाई जाओस् जब म साबुन पानीले हात
मिची मिची धुन्छु ।

मेरा आँखा अनि कान तिनीहरूमा परोस्
जहां सुस्तो सु स्तो बिरामीको मधुर बोली मात्र सुन्छु
म जब मेरो सिरको टोपी खोल्न थाल्छु 
मलाई याद होस् की उसको परिवारको
शिरको ताज ऊ मात्र थियो ।

अनि जब बिस्तारै हातको ग्लबस र मुखको
मास्क खोल्ल थाल्छु मलाई याद रहोस्
आज हजारौंको भीडमा रुमलिएको भए नि
पैले ऊ एउटा मानिस मात्र थियो ।

डराई डराई जब बेरिएको सुरक्षा कबज निकाल्न
थाल्छु याद रहोस् मलाई की
कुनै दिन ऊ पनि आफ्नो घर परिवारको
सुरक्षा गर्ने गार्ड जस्तै थियो ।

जब म मेरो सुरक्षाका सामान फाल्न थाल्छु
याद रहोस् इ सामान जस्तो उसको लाश नफलियोस्
किनकि कुनै दिन उसको जन्म पनि
उत्शाले भारिएको थियो ।


मलाई पनि माया र सदभाब मिलोस् जसरी
यो अक्सिजनको महत्व छ यहाँ
मेरो पनि आफ्नै घर छ व्यवहार छ तिनी
हरुसंग जुधेर अघि बढ्ने प्रेरणा मिलोस्
डर र त्रास त जताततै छ यहाँ सेवा नै धर्म हो ।

भन्ने बोली मात्रै होइन व्यवहारमा मिलोस्
मेरो पेसा नै धर्म हो को ईसाई को मुस्लिम को
हिंदू यहाँ सबैले देह त्याग गरेकै छन् ।

को गीता पढ्छ को कुरान यहाँ त केवल
हजारौं स्वास्थे कर्मीले केवल बिरामीको
मुटुको धड्कन अनि सास को गति मात्र गनेका छन् ।।

कमेन्टहरु
Loading...