सिद्ध गुफामा उपन्यास ‘मझधार’ लोकार्पण

तनहुँ । तनहुँ जिल्लाको विमलनगरमा अवस्थित सिद्ध गुफामा विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको उपन्यास ‘मझधार’ लोकार्पण गरिएको छ । सोमबार एक कार्यक्रमबीच कीर्तिमानी लेखक तथा उपन्यसाकार डा. उपाध्याय, कीर्तिमानी गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’, गायिका काव्य आचार्य उपन्यासका सम्पादक कृष्ण भुसाल, निर्देशक सुभाष प्रधान, युथ क्रियशनका अध्यक्ष रमेश थापा, यमबहादुर थापालगायतको आतिथ्यतामा उक्त कृति लोकार्पण गरिएको हो । यो गुफा ४३७ मिटर लामो र ५० मिटर उचाइमा छ । यो एसियाकै दोस्रो ठूलो गुफाको रुपमा दावी गरिदै आएको छ ।

उपन्यास शिखा बुक्सले बजारमा ल्याएको हो । सो अवसरमा कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायले गुफाभित्रै ‘जीवन जगत’, ‘तिलिचो ताल प्रणयनीरले लबालब’, ‘पवित्रा सिर्जना’ र ‘स्वच्छ हराभरा वातावरण’ जस्ता चार कविता सुनाएका थिए भने एक गजल ‘मनको चाह’ लेखी तत्काल सुनाए । यस्तै उपाध्यायको गीतिएल्बम ‘आवृत’ पनि विमोचन गरिएको थियो । गुफाभित्रै कीर्तिमानी डा।उपाध्यायको गीत ‘चाँदनी चाँदनी’ गायका सागर अधिकारी ‘शरद’ र गायिका काव्य आचार्यले लाइभ प्रस्तुत गरेका थिए ।

यसैगरी डा. उपाध्यायकै गीत ‘राखिरहु आखाँमा हरपल’ यो गुफामा छायांकन गरिएको छ । सुभाष प्रधानको निर्देशन रहेको भिडियोमा रमेश थापा ‘टीकाध्वज’ र मञ्जु खडकाको अभिनय रहेको छ । भिडियोलाई विनोद तामाङले छायांकन गरेका हुन् ।

कमेन्टहरु
Loading...