पर्यटन व्यावसायीले पर्यटन बोर्डका नयाँ अधिकृत सगँ यस्ता माग राखे

पोखरा, ७ चैत /पर्यटन व्यवसायीले पर्यटन प्रवद्र्धनका गतिविधिमा सघाउन पर्यटन बोर्डका पदाधिकारीसँग आग्रह गरेका छन् । पर्यटन बोर्ड पोखरा क्षेत्रीय कार्यालयमा आएका नयाँ अधिकृतहरुसँगको अन्तरक्रियामा व्यवसायीले बोर्डको भूमिका सशक्त पार्न आग्रह गरे ।

पर्यटन व्यावसायीले पर्यटन बोर्डका नयाँ अधिकृत सघ यस्ता माग राखे
पर्यटन व्यावसायीले पर्यटन बोर्डका नयाँ अधिकृत सघ यस्ता माग राखे

बोर्ड क्षेत्रीय प्रमुखको रुपमा आएका उदय भट्टराइ र अर्का अधिकृत सूर्य थपलियाको स्वागतमा आइतबार गरिएको छलफलमा आयोजक पोखरा पर्यटन परिषद्का पदाधिकारीले बोर्ड निजी व्यवसायीमैत्री हुनुपर्नेमा जोड दिए । परिषद्को आयोजनामा भएको छलफलमा बोल्दै टानका उपाध्यक्ष दीपक अधिकारीले मोटरबाटो बिस्तार भएसँगै पदमार्ग बिस्थापित भएको भन्दै आकर्षक पदमार्ग संरक्षणमा बोर्डले चाँसो लिनुपर्ने बताए ।

रेबानका अध्यक्ष गोपिबहादुर भट्टराइले पोखराको सडकमा सोलार लाइट जडान गर्नमा बोर्डले सघाउनुपर्नेे बताए । हवाइ खेलकुद संस्थाका सचिव कृष्ण भण्डारीले बोर्डले पर्यटन व्यवसायीलाई अभिभावकत्व प्रदान गर्नुपर्ने सुझाव दिए । एगाका अध्यक्ष पुस्कल थापाले स्वदेशी तथा विदेशी पाहुनासँग जथाभावि उठाउने गरिएको शुल्क रोक्नुपर्ने बताए । त्यस्तै परिषद्का उपाध्यक्ष चिरञ्जिवी पोखरेलले पोखरा विमानस्थलभित्र रहेको सूचनाकेन्द्र व्यवस्थापनमा बोर्डको भूमिका हुनुपर्ने बताए ।

कार्यक्रममा बोर्डका प्रमुख भट्टराइले पहिलेको जस्तो सानो कामका लागि पनि महिनौं समय कुनुपर्ने अवस्था अबदेखि हट्ने बताए । उनले पोखराका पर्यटन व्यवसायीको सहयोगमा प्रवद्र्धनका कार्यक्रम संचालन गर्ने प्रवितद्धता जनाए । कार्यक्रममा परिषद्का अध्यक्ष सोमबहादुर थापाले पर्यटन बोर्डले पोखराका व्यवसायीसँग सहकार्य गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रवद्र्धनका कार्यक्रममा विशेष महत्व दिनुपर्ने बताए ।

कमेन्टहरु
Loading...