शुल्क वृद्धिको विरोधमा विहीबार देशभर चक्काजाम

पोखरा, १२ जेठ/यातायात व्यवसायीले ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवाना शुल्क फिर्ताको माग गर्दै बिहीबार चक्काजाम घोषणा गरेका छ । यातायात व्यवसायीले निजी सवारी साधन भने चल्न दिने बताएका छन् ।

चक्का जाम्मा भाडाका सवारी साधनलार्इ पूर्ण रुपमा रोक लगाएको भए पनि निजी सवारी साधनलार्इ कुनै अवरोध नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पश्चिमाञ्चल संयोजक धर्मराज अधिकारीले बताए । उनले समस्या भनेका निजी सवारी साधनका धनिलाई पनि भएको भन्दै निजी सवारी साधनलार्इ समेत हडतालमा सहभागी हुन आह्वान गरे।

उनले ट्राफिक प्रहरीको ज्यादतीविरुद्ध विहीबार विहान पाँच बजेदेखि बेलुका पाँच बजेसम्म भाडाका सवारी साधन देशभर बन्द गरिने बताए ।

ट्राफिक प्रहरीले जेठ १ गतेदेखि न्युनतम ५ सयदेखि अधिकतम १५ सयसम्मको जरिवाना गर्ने गरी सवारी ऐन संशोधन अनुसारको व्यवस्था लागू गरेको थियो। त्यसैअनुसार ट्राफिक नियम उल्लंघन गर्नेलाई जरिवाना रसिद काट्न सुरु गरेपछि यातायात व्यावसायी र मजदुर संगठनहरुले आन्दोलनमा उत्रिएका हुन्।

कमेन्टहरु
Loading...