पोखराका पिएन क्याम्पसको गेट अगाडी सव फेला

पोखरा, १३ जेठ /पोखरा महानगरपालिका १ पृथ्वी नारायण क्याम्पसको माथिल्लो गेट अगाडी एक जनाको सव फेला परेको छ ।

गेट अगाडीको सडक पेटिमा हाल सम्म नामथर वतन नखुलेको अन्दाजी ३२ वर्षको पुरुषको सव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

सवलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा पोष्टमार्टका लागि राखिएको प्रहरीले जानकारी दिएको छ । उनको कसरी मुत्यु भयो भन्ने बारेमा थप अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...