निर्देशक राजु गिरी सहति अर्चाना पनेरु प्रहरी हिरासतमा,रोकियो जिस्मको छायाँकन

शुसन घिमिरे
पोखरा, ८ चैत/गत फाल्गुन २३ गतेदखि पोखरामा छायाँकन सुरुवात गरेको फिल्म जिस्म युनिट यति बेला प्रहरी हिरासतमा पुगेको छ । कारण: चलचित्र बिकास बोर्डबाट बिना अनुमति छाँयाकन । निर्देशक राजु गिरी सहित नायिका अर्चना पनेरु , सहायक निर्देशक , प्रोड्क्सन म्यानेजर र अर्चानाकि आमा सुनिता पनेरुलाई कास्की प्रहरी छाँयाकन स्थल पोखरा खाल्टेमसिनाबाट पक्राउ गरेको हो ।

पोखरामा अर्चना पनेरु प्रक्राउ
पोखरामा अर्चना पनेरु प्रक्राउ

आफ्नो चलचित्रलाई बिकास बोर्डमा दर्ता गराएपनि बोर्ड अध्यक्ष राजकुमार राईले हस्ताक्षर नगरेको र अनुमति नदिएकाले प्रहरीले पक्राउ गरेको बताउँछन् :-निर्देशक राजु गिरी । जिल्ला प्रसाशन कार्यलयमा प्रहरीको भ्यान मा पुगेपछि मिडिया समक्ष बोल्दै निर्देशक गिरीले भने :- यो राजनितीको त्यो पनि ३/४ जनाको नाम नलिउ , मेरो फिल्म चल्न त पर बन्न पनि नदिने खेल भैरहेको छ । नायिका नम्रता श्रेष्ठको व्लु फिल्म हामि सँग सुरक्षित अझै पनि मोबाईलमा र पनि उनि फिल्म खेलिरहेकी छन् उनलाई कसैले रोकेन,अर्चानाले व्लु फिल्म खेलेको त हैन नि ? मिडिया समक्ष आफ्नी नायिका अर्चानाको बचाउ गर्दै गिरी भने :- अर्चानाले पहिले २/४ जनाको नाम लिएकि थिईन् तिनिहरुकै खेल हो ।
राजकुमार राईलाई हामिले नै जिताएका हौ तर बोर्ड ७/८ जनाको जस्तो देखिएको छ :- गिरीले भने ।
जिल्ला प्रशासन कार्यलयमा पुगेकि अर्चनाले पनि निर्देशक गिरीकै शब्द लाई दोह्रोर्याउदै भनिन् :- यो फिल्म बन्न नदिन २/४ जनाको हात छ ,म उनिहरुको नाम पनि लिन चाहान्न । अर्चना भन्छिन् :- म मेरो लक्ष्य पुरा गरेरै छोडेछु यस्ता कुराहरुले मलाई कुनै असर गर्दैन ।

पोखरामा मिडिया लाई समेत प्रबेश गर्न नदिईकन निर्देशक गिरी फिल्मको छाँयाकन गरिरहेका थिए ।

कमेन्टहरु
Loading...